Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/१२ गते

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कलाकारिताका माध्यमबाट समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ । 

 

झापाको विर्तामोडमा क्षितिज नाट्यसमूहको १७औँ वार्षिकोत्सव समारोहमा उहाँले कलाकारिता समाजको ऐना भएकाले त्यसका माध्यमबाट समाजिक परिवर्तन सम्भव हुने बताउनुभयो । 

 

मन्त्री घिमिरेले समाजका विकृति विसङ्गतिलाई कलाकारिताका माध्यमबाट देखाएर सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ भन्दै प्रदेश नं। १ मा सरकारले व्यवस्थित नाटक घर बनाउन पहल गर्ने बताउनुभयो । 

 

“व्यवस्थित नाटक घर बनाउनेमा प्रदेश सरकार गम्भीर छ”, उहाँले भन्नुभयो, “, झापा कलाकारिता क्षेत्रको उर्वरभूमि भएकाले यहाँ नाटक घर बनाउन म सहयोग गर्छु ।” 

 

पत्रकारिताका माध्यमबाट रङ्गमञ्चीय कलाको उन्नयन र प्रचारमा योगदान पु¥याएको भन्दै कार्यक्रममा पाँच जना पत्रकारलाई पुरस्कृत ग¥यो । 

 

पुरस्कृत हुनेमा सुब्रत न्यौपाने, सुरेन्द्र भण्डारी, लक्ष्मी काफ्ले, रमेश तिवारी र तुलसीप्रसाद निरौला रहेका छन् । 

 

समूहका अध्यक्ष माधव कल्पितले विर्तामोडमा आधुनिक रङ्गमञ्च निर्माण गर्न समूह लागिपरेको बताउँदै रङ्गमञ्च निर्माणका लागि विर्तामोडका मनोज निरौलाले तीन कट्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको जानकारी दिनुभयो । 

 

भवन निर्माणका लागि आत्मज्ञान जनजागरण अभियान झापाका अध्यक्ष शान्ता काफ्ले, समूहका सदस्य सुजना खतिवडा, माया सिटौला, बबिता पराजुली, प्रकाश गौतम, सुभास बुढाथोकी, ताराकुमार प्रसाईं, सविता रेग्मी र मेचीनगरका सुरेश निरौलाले जनही रु ५१ हजार नगद प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस्