Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/१२ गते

काभ्रे/रातभरको बर्षातले काभ्रेको बनेपा डुवानमा परेको छ । बर्षेनी डुब्दै आएको बनेपाको पुलबजार, धनेश्वर जाने पुल क्षेत्र र धुलिखेल जाने तरकारी बजार यसपालि पनि डुवानमा परेको छ ।

 

बर्षेनी डुवान झेल्दै आएको बनेपा बासीले जनप्रतिनिधि आएपछि यो समस्याबाट छुटकारा पाउने आशमा रहेको थियो । जनप्रतिनिधि आएको २ बर्ष बितिसक्दा पनि यो समस्या भने ज्यूका त्यू रहेको बनेपा बासी बताउछन । जनप्रतिनिधिले केही गर्ला भन्ने शोचेको थिए तर केही नगरेको बनेपाका एक स्थानीयले बताएका छन । हरेक दिन पानी पर्न लागेपछि त्यस बनेपाको पुलबजार, तरकारीबजार र धनेश्वजाने पुल वरपर बस्ने बासिन्दाहरूलाई निन्द्र लाग्दैन ।

 

कति खेर बाढी आउने हो र कति खेर घरको भुईतल्ला पानीले भर्ने हो भन्ने चिन्ताले सताई रहेको हुन्छ । बनेपा भएर बग्ने खोला अतिक्रमणले गर्दा नै यो समस्या भोग्नु परेको एक स्थानीयले बताए । विभिन्न व्यक्तिहरूले शक्तिको प्रयोग गर्दै खोला अतिक्रमण गरेको बताएका छन् । नाम नबताउने शर्तमा एक स्थानीयले आक्रोसित हुदै बताए र्– शक्तिको आडमा दुई तिनवटा निजी स्कूलले खोला अतिक्रमण गरेको छ तर सरोकारवालले कही गर्न सकेको छैन ।’

 

विगतमा सरकारी कर्मचारीले नगरपालिका चलाउदा प्रलोभनमा पारेर अतिक्रमण गरेको ठानेको तर जनप्रतिनिधिले पनि केही गर्र्न नसकेकोमा दुख लागेको पनि स्थानीयले बताए ।

 

बनेपाबाट काठमाडौ तथा काठमाडौबाट बनेपा तर्फ यातायात आउन जान सकेको छैन । पुलबजारमा पार्कीङ गरेर राखेको गाडी, कार लगायत डुबेको छ ।

 

यातायात ठप्प रहेको छ । विगतको बर्षहरूमा धेरै जनधनको क्षती भएको थियो । ग्याँस कारखाना बगाएका थिए । तर आज भने के कती क्षती भयो भएन यकिन भैसकेको छैन । थप रिपोर्ट आउन बाँकी छ । नेपाल खबर डेल्ली डट कम हेर्दै गर्नुहोला ।

प्रतिकृया दिनुहोस्