Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/१३ गते

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले शनिबार प्रकाशित गरेको नतिजामा आइतबार हजारौं विद्यार्थीको जीपीए बढेको छ ।

 

पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जीपीए आइतबार बढेको हो । जीपीए बढेपछि विद्यार्थी, अभिभावक र शिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनु पर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखाएको थियो ।

 

बढ्यो अधिकांशको जीपीए

 

आइतबार प्रायः विद्यार्थीको जीपीए बढेको छ । आफ्नो विद्यालयका लगभग सबै विद्यार्थीको जीपीए बढेको सुकेधारास्थित बागमती बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल श्यामदत्त अधिकारीले बताए । ‘केही साँच्चै राम्रा विद्यार्थीको अप्रत्याशित नतिजाले हामी आश्चर्यमा परेका थियौं’ उनले भने– ‘शनिबार जीपीए ३.८ आउनेको आइतबार ३.९ आएको छ ।’

 

कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल खेमलाल भुसालले पनि आइतबारको नतिजा तुलनात्मक रूपले सही देखिएको बताउँदै यसबाट थोरै भए पनि विद्यार्थीहरूमा न्याय भएको बताए ।

 

जिम्मेवार निकायबाट धेरै लापरबाही हुँदा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको अधिकारीले बताएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्