Paschim News

रासस प्रकाशित : २०७५/४/१८ गते

सन् १९८५ मा भारतको फेसन नेट म्यागेजिन र सन् १९८६ काठमाडौं र्‍यापमा हिँडेर ग्यामर क्षेत्रमा प्रवेश गरेका राजेश हमाल गत शनिवार (जेठ २६ गते)  ५४ वर्षमा प्रवेश गरेका छन् । हमालको ५४ औँ जन्म दिनमा उनको चलचित्र यात्राको बारेमा संक्षिप्त विवरणः

 

वि.स २०४८ सालदेखि नेपाली फिल्म इन्डष्ट्रिमा प्रवेश गरेका राजेश हमाल नामी कलाकार मात्रै बनेनन् महानायको ट्याग समेत भिरे । ०४८ साल फिल्म ‘युगदेखि युगसम्म’बाट उनले चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । त्यही फिल्मले उनको दरिलो उदय भयो । फिल्म क्षेत्रमा आबद्ध भएको हमालको झन्डै ३ दशक पुग्न लागेको छ ।

 

हमालको लामो फिल्म यात्राको क्रममा सफलता पाउनु युगदेखि युगसम्म फिल्म नै आधार बनेको हो । जुन फिल्म आफ्नै मामा स्वर्गीय दीपक रायमाझी निर्देशन गरेका थिए । अहिलेसम्म हमालले २ सय भन्दा बढी नेपाली फिल्ममा अभिनय अरिसकेका छन् ।

 

उनले अभिनय गरेको फिल्महरू मध्ये हामी तीन भाइ, देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद, धर्मात्मा, पालेदाइ, जय शिव शंकर, देवता वसन्ती, युगदेखि युगसम्म जस्ता दर्जनौ फिल्म हिट भएका छन् ।

 

उनले पाकिस्तानी फिल्ममा समेत अभिनय गर्न भ्याएका छन् ।

 

हमालले फिल्ममा प्राय जसो गाउँले भूमिका रहेको फिल्ममा अभिनय गर्ने गरेका छन् । एक समय नेपाली फिल्म क्षेत्रमा निर्विकल्प उदाएका अभिनेता हमाल आजभोलि त्यति पर्दामा देखिन छाेडेको छ । तर पनि हमालले नेपालले फिल्म क्षेत्रमा दिएको योगदान बिर्सनलायक छैनन् । नेपाली फिल्म क्षेत्रमा उनले नमेटिने गरी नाम दराएका छन् ।

 

हमाल विभिन्न सम्मानबाट समेत सम्मानित भएका छन् । उनले राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार लगायतका अन्य सम्मानबाट पनि सम्मानित भएका छन् ।

 

उनले शिक्षादिक्ष नेपाल र विदेशमा लिएका छन् । कक्षा ८ सम्म सेन्ट जेभियरमा अध्ययन गरेका हुन् । विद्यालय स्तरिय शिक्षा मस्कोमा लिए । स्नातककोतर भरतको भारतको पन्जाब विश्वविद्यालयबाट अंजेजी विषयमा गरेका हुन् ।

प्रतिकृया दिनुहोस्