Paschim News

प्रकाशित : २०७५/६/१४ गते

निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे दुर्इ महिनाभन्दा बढी हुँदा पनि दाेषी पत्ता लाग्न सकेकाे छैन । पटकपटक समितिहरू बनाएर जाँजबुझ गरेकाे भएपनि अहिलेसम्म दाेषी पत्ता लागेकाे भने छैन । पछिल्लाे पटक सचिब हरि मैनालीकाे संयाेजकत्वमा छानविन समिति बनाइएकाे थियाे र समितिले प्रतिवेदन गृहमन्त्री थापा समक्ष बुझाइ सकेकाे छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको छानविन प्रतिवेदन मन्त्रिपरिषद्बाट सार्वजनिक गरिने भएको छ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिएका हुन्। 

निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताउँदै मन्त्री थापाले भने, ‘पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषदमा छलफल गरेर सार्वजनिक गर्छौं।’ छानबिन प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी दबाब आइरहेका बेला थापाको यस्तो भनाई आएको हो।

प्रतिकृया दिनुहोस्