Paschim News

प्रकाशित : २०७५/७/१३ गते

अकस्मात् स्वास्थ्य अवस्था  बिग्रिएर बिरामी परेका प्रधानमन्त्री केपी शर्मा अाेली शिक्षण अस्पताल महाराजगञ्जकाे सिसियुमा भर्ना भएका छन् ।

शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।

‘उहाँको पछिल्लो परीक्षणका रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थिर रहेको जानकारी गराइन्छ’ सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले हिजाे साँझ ६ बजे जारी गरेकाे प्रम अाेलीकाे स्वास्थ्य अपडेटमा बताइएकाे छ ।

नेकपाका अध्यक्ष समेत रहेका ओली केही दिनदेखि अस्वस्थ थिए । उनी सार्वजनिक कार्यक्रम मात्र होइन, दशैं, तिहार र छठको अवसरमा आफ्नै पार्टी नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी नभएर रेष्टमा थिए ।

सोमबार राति भने स्वासप्रस्वासमा अप्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको हो । उनको छातीमा संक्रमण देखिएको छ । यो निमोनिया हुनसक्ने भएकाले अस्पताल भर्ना गरेरै निगरानीमा राख्नु परेको एक चिकित्सकले बताए ।

साथै चिनीको मात्र असन्तुलित हुनुपनि चिन्ताजनक भएको चिकित्सकहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीको करिव १२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी अहिले पनि नियमित फलोअपका लागि बैंकक जाने गरेका थिए । चिकित्सकहरुले उनलाई भीडभाड, धुँवाधुलो र धेरै तनावबाट टाढा रहन सुझाव दिएका थिए । तर, उनी निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

मृगाैला प्रत्याराेपन गरिएका बिरामीका लागि बिशेष हेरविचार अावश्यक पर्ने तथा भीडभाडमा बस्न नहुने चिकित्सककाे भनाइ छ । तर प्रम अाेलीले दशैका बेलामा सर्वसाधारणलार्इ टीका लगाइदिने क्रममा धेरै भीडमा रहनु परेकाले सङ्क्रमण सरेकाे हुन सक्ने पनि चिकित्सककाे भनार्इ छ ।

प्रधानमन्त्री केही दिन अस्पतालमै रहनेछन् । उनको उपचारमा डा। अरुण सायमीको नेतृत्वमा डा। दिब्यासिंह शाह, डा। सन्तकुमार दासको टोली संलग्न छ ।

प्रतिकृया दिनुहोस्