
गिनिज बुक अफ् द वल्ड रेकर्डमा नाम लेखाउन सफल पहिलो नेपाली हुन् जादुगर सुरज मैनाली । जादुगरहरुको जादु देखेर सानै उमेरदेखि जादुमा रुची लिएका मैनालीले जादुलाई नै पेशा बनाएर नेपालमा मात्र नभई विदेशमा समेत जादु देखाई नेपालको नाम राख्न सफल भएका छन् । जादुकलालाई नै आफ्नाे पेशा बनाएका मैनालीसँग न्युज क्लब अफ् नेपालका लागि मोहनप्रसाद मैनाली र रेणुका काफ्लेले गरेको कुराकानीको सम्पादित अंशः-
जादु के हो ?
जादु एक किसिमको ज्ञान हो जुन गुरुबाट चेलालाई मौखिक तर गोप्य तरिकाले दिइन्छ । यो एकप्रकारको विज्ञान पनि हो ।
जादुकलाले समाजमा कस्तो किसिमको प्रभाव पार्दछ ?
यो एकप्रकारको मनोरञ्जन हो । यसको नकारात्मक प्रभाव छैन । मान्छेको आँखा छलेर मनोरञ्जन दिइने भएकाले यो प्रत्यक्ष रुपमा दिइने मनोरञ्जन मात्र हो ।
सिक्न सुरुवात कसरि गर्नु भयो ?
नेपालमा जादु भित्रीएकै भारत बाट जस्तो लाग्छ । तर, मेरो गुरुचाहि रविन्द्र मास्के हो । मास्के गुरुबाट सिकेको हुँ । एउटा दुइटा सिक्छु भनेर सिक्न शुरु गरेको बानि परेर धेरै सिकेँ । यसपछि मेरो प्रोफेसन नै हुन पुग्यो ।
सूचना प्रविधिको विकासको चरम रुप छ । लाइभ जादु देखाएर जिविकोर्पाजन हुन सम्भव छ ?
सडकमा जादु देखाएर त सम्भव छैन तर कुनै कार्यक्रमहरुमा जादु देखाउँदा आम्दानी पनि राम्रै हुन्छ । स्कुल,कलेजको कार्यक्रमहरु, विवाह आदि कार्यक्रमहरुमा तथा ठूला घरानाहरुले आप्mनो महत्वपूर्ण इभेन्टस्मा बोलाउछन् त्यसबाट पनि अर्थोपार्जनमा राम्रै सहयोग पुगेको छ ।
समाजमा जादुकला कुनकुन रुपमा देखाउन सकिन्छ ?
काठमाडौको ट्राफिक जामका बारेमा पनि जादुमार्फत अवार्नेस कार्यक्रमहरु गर्न सकिन्छ ।
गिनिज बुकमा नाम लेखाउन कसरी सफल हुनु भयो ?
इन्टरनेस्नल ब्रदरहुड एण्ड म्याजिसियन् भन्ने एउटा संस्था छ । यसले विश्वमा भएका जादुकलाका ब्यक्तिहरुलाई एकजुट गराउने काम गर्छ ।
नेपालमा जादुका बारेमा कुनैपनि संस्था नभएकोले मैले भारतको सहायतामा गिनिज बुकमा नाम लेखाउन सफल भएको हो । भारतमा भएको यो संस्थाको कार्यक्रममा मैले आफ्नाे कला प्रस्तुत गर्ने मौका पाएको थिएँ । मेरो जादुकला उत्कृष्ट भएकाले मेरो नाम गिनिज बुकमा लेखिन पुग्यो ।
नेपालमा जादु सम्वन्धी संस्था खोल्न किन सकिरहेको छैन ?
नेपालमा राम्रा जादुगरहर दशजना पनि हुन मुश्किल छ । कतै संगठित भएका छैनौ । एकआपसमा चिनजान पनि छैन । संगठित नै नभएकाले संगठन खोल्ने त कुरै भएन नि ।
विदेशमा हरेक वर्ष यो सम्मेलन हुन्छ ?
हो । भइरहेको छ । जादुको प्रतिनिधित्व गर्ने देशहरुलाई रिङ नं दिएको हुन्छ । यो प्राप्त गर्नका लागि नेपालमा अलि प्रोफेसनल जादुगर हुनु आवश्यक छ । संगठन हुनु जरुरी छ । यसो हुन सक्यो भने नेपालमा पनि रिङ लिन सकिन्छ ।
यो सम्मेलनमा कति देशले भाग लिएका थिए ?
आयोजक भारत थियो । यसमा आठ देशले भाग लिएका थिए । नेपालबाट म एकजना मात्रे थिएँ ।
नेपालमा जादुकला देखाएर जिबिको पार्जन गर्न सकिन्छ ?
विगत आठ वषैदेखि गरिरहेको छु । संगठन बनाएर गर्ने हो भने अझ सजिलो हुने थियो ।
जादुकलालाई शिक्षा प्रणालीमा राख्न पनि सकिन्छ कि ?
सकिन्छ । विदेशका कतिपय देशमा जादुको पढाई नै हुन्छ । नेपालमा यो यस्तो अवस्था आउन समय लाग्छ ।
तपाइँ व्यक्तिगत रुपमा जानुभएको थियो भारतमा ?
नेपालबाट त एक्लै हो । तर हामीले समुहगतमा जादु देखाएका थियौं । नेपाला जादुको संस्था नभएकाले भारतको सहयोग लिनु परेको हो ।
नेपालमा संस्था खोल्न कस्तो किसिमको तयारी आवश्यक छ त ?
सर्वे गर्न आउँछन् । यसको छुट्टै प्रोसेस छ । कमसेकम १० देखि १५ जनाको टिम हुनु आवश्यक छ । वंगलादेशको एउटा टिमले मसँग भनेको थियो कि नेपालमा शाखा खोल्ने हो भने हामी उपशाखा दिन्छौ । तर पहल नेपालबाट हुनु आवश्यक छ । भारतबाट चाहिँ तपाइँ यहिँ नै बस्नुस हामी सबै किसिमको सहयोग उपलब्ध गराउँछौ भनेका छन् ।
जादु देखाउने भौतिक वस्तु कहाँबाट प्राप्त हुन्छ ?
भौतिक वस्तु नेपालमा पाउन असम्भव नै छ । जस्तो जादुको लागि बनाएको एकबुक तास मात्र किन्नु पर्दा भन्सार तिरेर लिनु पर्छ । नेपालमा यस्ता सामानहरु बनाउन सकिदैन ।
जादुको बारेमा के भन्न चाहनु हुन्छ ?
नेपालमा जादुलाई झुक्याउने पेसाको रुपमा लिने गरिन्छ वास्तवमा यो विज्ञान नै हो ।
न्युज क्ल्ब अफ् नेपाल मार्फत आफ्ना पाठक, दर्शक र शुभचिन्तकलार्इ केहि भन्नु छ कि ?
म यहि भन्छु कि जादु हेर्ने गर्नाले मानसिक र शारिरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । समयसमयमा जादुकलाको अवलोकन गर्ने गरौं । र, जादुकलालाई नेपालमा स्थापित गर्ने जून मेरो लक्ष्य छ यसलाई सफल पार्न सहयोग गर्नुस् । मेरो लक्ष सफल भयो भने विश्वले नेपाललाई जादुको देश भनेर पनि चिन्ने छ ।