Paschim News

प्रकाशित : २०७५/८/५ गते

आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि, टेलिभिजनलाई १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले पनि सशक्त सञ्चार माध्यमका रुपमा लिने गरिन्छ ।

विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि, टेलिभिजनलाई १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो ।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ ।

सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो ।

नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेट भित्रिएको पाइन्छ ।

विश्व जगतमा भन्दा निकै ढिला गरि नेपालमा सुरु भएको टेलिभिजन अहिले हरेक समूदायमा लोकप्रिय सञ्चारमाध्यमका रुपमा परिचित छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो ।

नेपालमा अहिले एकदर्जन बढी टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् ।

घटना भएको स्थानलाई प्रत्यक्ष रुपमा आम दर्शकहरुलाई देखाउन र हरेक विषय वस्तुमा दृश्यसहित सूचना प्रवाह गर्न टेलिभिजन सफल भएको छ ।

सिसाभित्रको दुनिया भनेर समेत चिनिने टेलिभिजन प्रविधिको विकाससँगै अहिले मोबाइलमार्फत् पनि हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्