News Portal

न्युज क्लब अफ नेपालद्वारा काभ्रे जिल्लाकाे कानपुरमा राहतस्वरूप मण्डी वितरण

१३८२ पटक

२०७२ बैशाख १२ काे बिनासकारी भुकम्पबाट पीडित विभिन्न जिल्लाका स्थानीय वासिन्दाहरूलार्इ न्युज क्लब अफ नेपालले बिभिन्न राहत सामाग्रीहरू वितरण गरेकाे थियाे ।

क्लबका अध्यक्ष ध्रुवकुमार मैनालीकाे सम्याेजकत्वमा देश तथा विदेशबाट राहत सामाग्री संकलन गरी पीडितलार्इ हस्तान्तरण गरिएकाे थियाे ।

अध्यक्ष मैनाली लगायत न्यूज क्लब अफ नेपालका पदाधिकारी तथा सदस्यहरू राहत संकलन तथा वितरणमा सहभागी भएका थिए ।

राहत सामाग्री वितरणमा लताकपडा, टेण्ड, त्रिपाल, भाडाकुँडा लगायत खाद्य सामाग्री अादि रहेका थिए ।

सिन्धुपाल्चाेक, काठमाडाैं, ललितपुर, भक्तपुर, नुवाकाेट, धादिङ लगायतका जिल्लामा राहत सामाग्री वितरण गरेकाेमा काभ्रे जिल्लाका विभिन्न स्थानलार्इ राहत वितरणकाे प्रमुख स्थल बनाइएकाे क्लबका अध्यक्ष ध्रुबकुमार मैनालीकाे भनार्इ छ ।

सामाग्री वितरणकाे क्रममा काभ्रेकाे कानपुर गाविसका विभिन्न वडामा मण्डी वितरण गरिएका केह तस्बिरहरूः

प्रतिकृया दिनुहोस्