Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७४/४/३१ गते

२०७२ बैशाख १२ काे बिनासकारी भुकम्पबाट पीडित विभिन्न जिल्लाका स्थानीय वासिन्दाहरूलार्इ न्युज क्लब अफ नेपालले बिभिन्न राहत सामाग्रीहरू वितरण गरेकाे थियाे ।

क्लबका अध्यक्ष ध्रुवकुमार मैनालीकाे सम्याेजकत्वमा देश तथा विदेशबाट राहत सामाग्री संकलन गरी पीडितलार्इ हस्तान्तरण गरिएकाे थियाे ।

अध्यक्ष मैनाली लगायत न्यूज क्लब अफ नेपालका पदाधिकारी तथा सदस्यहरू राहत संकलन तथा वितरणमा सहभागी भएका थिए ।

राहत सामाग्री वितरणमा लताकपडा, टेण्ड, त्रिपाल, भाडाकुँडा लगायत खाद्य सामाग्री अादि रहेका थिए ।

सिन्धुपाल्चाेक, काठमाडाैं, ललितपुर, भक्तपुर, नुवाकाेट, धादिङ लगायतका जिल्लामा राहत सामाग्री वितरण गरेकाेमा काभ्रे जिल्लाका विभिन्न स्थानलार्इ राहत वितरणकाे प्रमुख स्थल बनाइएकाे क्लबका अध्यक्ष ध्रुबकुमार मैनालीकाे भनार्इ छ ।

सामाग्री वितरणकाे क्रममा काभ्रेकाे मेथिनकाेट गाविसका विभिन्न वडामा टेण्ड वितरण गरिएका केही तस्बिरहरूः

 

 

प्रतिकृया दिनुहोस्