Paschim News

प्रकाशित : २०७७/३/२४ गते

काठमाडौं । अमेरिका राष्ट्रपति विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने अन्तिम तयारी गरेकाे छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा डब्लुएचओ बाट बाहिर निकाल्ने प्रक्रिया शुरु गर्नुभएको छ ।

ट्रम्पले गएको मे महिनामा नै अमेरिका डब्लुएचओबाट बाहिरिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले डब्लुएचओ चीनको छाँयामा रहेको र उसकै कठपुतली बनेको आरोप लगाउँदै आउनु भएको छ । डब्लुएचओ ले कोरोना भाइरसविरुद्ध राम्रो काम गर्न नसकेको ट्रम्पको आरोप छ ।

अमेरिका राष्ट्रपति ट्रम्पले युरोपियन युनियन र अरु विभिन्न क्षेत्रलाई समेत डब्लुएचओ छोड्न आग्रह गर्दे आउनु भएको छ । तर उनीहरूले भने नछोड्ने भएका छन् । अमेरिकाले डब्लुएचओलाई प्रदान गर्दै आएको सहयोग रोक्ने निर्णय गरिसकेको छ । अमेरिकाले डब्लुएचओलाई सहयोग स्वरुप उपलब्ध गराउँदै रकम स्वास्थ्यकै क्षेत्रमा काम गर्ने अन्य संस्थालाई दिने भएको छ ।

ट्रम्पले अमेरिका डब्लुएचओबाट बाहिरिने सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई गराउनु भएको छ । बाहिरिने प्रक्रिया पूरा हुन कम्तीमा एक वर्ष लाग्नेछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टीफन डूजारिकले अमेरिकाले सन् २०२१ को जुलाई ६ देखि लागु हुने गरी आफू डब्लुएचओबाट बाहिरिने जानकारी गराएको पुष्टि गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्