Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/१६ गते

काठमाडौं । विश्वका करिब सबै देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणले मानिसकाे ज्यान जाने क्रम बढिरहेकाे छ । संक्रमणबाट हालसम्म २ लाख ११ हजार २ सय २ जनाकाे ज्यान गएकाे छ ।

महामारीकाे रूपमा देखा परेकाे काेराेनाभाइरसका कारण विगत २४ घण्टामा मात्रै ४ हजार २ सय ८७ जनाकाे ज्यान गएकाे विश्व स्वास्थ्य संगठनकाे पछिल्लाे अध्यावधिकमा जनाइएकाे छ ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चाैथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनकाे पछिल्लाे अपडेट अनुसार काेराेना संक्रमणबाट ९ लाख ५४ हजार १९ सय ४६ जना निकाे भएर घर फर्किएका छन् ।

विश्वभरमा  ३० लाख ५९ हजार ८१ जना काेराेनाबाट संक्रमित भएकाे पुष्टि भइकेकाे छ । उपचारमा रहेका करिब १७ लाखभन्दा बढीकाे विश्वभरका अस्पतालहरूमा उपचार भइरहेकाे छ ।

भाइरसबाट सयुक्त राज्य अमेरिकाका नागरिक सबैभन्दा बढी संक्रमित भएका छन्  । अमेरिकामा अहिलेसम्म १० लाख ८ हजार २ सय  ६० जना संक्रमित भएका छन् । त्यस्तै ५६ हजार  ६ सय ६६ जनाको संक्रमणबाट ज्यान गएको छ भने १ लाख ३७ हजार ६ सय ६ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १४ हजार १ सय ७५ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । अहिलेसम्म भाइरसकाे संक्रमणबाट अमेरिकामा सबैभन्दा बढीकाे ज्यान गएकाे छ । विगत २४ घण्टामा अमेरिकामा १ हजार २ सय ५३ जनाकाे ज्यान गएकाे छ ।

काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दाेस्राे स्थानमा रहेकाे छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या २६ हजार ९ सय ७७ पुगेको छ भने ६६ हजार ६ सय २४ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये १ हजार ९ सय ५६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनमा ८२ हजार ८ सय ३० जनामा संक्रमण देखिएकाेमा ७७ हजार ४ सय ७४ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएकाे चीनमा ५२ जना अझै गम्भीर अवस्थामा रहेकाे जनाइएकाे छ । विगत २४ घण्टामा चीनमा काेराेना संक्रमणाका कारण १ जनाकाे ज्यान गएकाे जनाइएकाे छ

छिेमेकी देश भारतमा अहिलेसम्म २९ हजार ४ सय ५१ जनामा संक्रमण देखिएकाे छ । त्यस्तै ७ हजार १ सय ३७ जना निकाे भएका छन् भने हालसम्म ९ सय ९३ जनाकाे ज्यान गइसकेकाे छ ।

नेपालमा अहिलेसम्म ५२ जनामा संक्रमण देखिएकाे छ, जसमा १६ जना निकाे भएर घर फर्किकएका छन् । ३६ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस्