Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/४/१७ गते

जोकोही सुन्दर देखिन तथा अरूलाई आफूतर्फ आकर्षित गर्न चाहन्छन् । आफ्नो सुन्दरताका कारण अरूलाई प्रेरित गर्ने इच्छा स्वाभाविक पनि हो । यसका लागि आफूसँग केही कला हुनु जरुरी छ । जसले सुन्दर बन्न सहयोग गर्छ र अरुलाई पनि आफ्नो सुन्दरताको जादुले मोहित तुल्याउन सकिन्छ ।

 

 छाला गोरो छ भने गाढा रातो लिपिस्टिकले सुन्दरता निखार्ने काम गर्छ ।

आँखा चिम्सा छन् भने ह्वाइट आई पेन्सिल प्रयोग गर्नुपर्छ जसले गर्दा आँखा ठूला एवं आकर्षक देखिन्छन् ।

ओठ सेपलेस छ भने सधैं लिपलाइनर लगाउनुपर्छ । यसले ओठको सेप त बन्छ नै, त्यसमाथि लिपिस्टिक लगाउँदा सेक्सी देखिन सहयोग मिल्छ ।

धेरै लट्टा पर्छ भने केश कोर्नुअघि हेयर स्प्रे प्रयोग गरेपछि मात्र काइँयोले केश कोर्नुपर्छ ।

निद्रा नपुगेर आँखामा डार्क सर्कल देखिएको छ भने डार्क कलरको आइस्याडोले समस्या समाधान गर्न सक्छ ।

अनुहारमा दाग–धब्बा छन् भने कन्सिलर लगाएर त्यसलाई छोप्न सकिन्छ । मेकअपअघि कन्सिलर प्रयोग गर्नुपर्छ ।

इन्स्टेन्ट ग्लोका लागि स्किन ह्वाइटलाइजरलाई मोइस्चराइजरमा मिसाएर लगाउँदा अनुहारमा चमक पैदा हुन्छ ।

अचानक कतै जाने प्रोग्राम बनिहाल्यो र हेयर स्टाइल चेन्ज गर्नु छ भने साधारण हेयर स्टाइललाई विभिन्न हेयर एसेसरिजले स्टाइलिस्ट लुक्स दिन सकिन्छ ।

आइब्रो पातलो र आकार बिग्रिएको छ भने पेन्सिल गाजलले सेप दिएर त्यसलाई आकर्षक देखाउन सकिन्छ ।

राति स्लिभलेस लगाएर कतै जाँदा हात–पाखुरामा मोइस्चराइजरसँगै फाउन्डेसन पनि लगाउनुपर्छ ।

केश बाक्लो देखाउन चिसो केश कोर्नुहुँदैन, केश सुकेपछि मात्र भोल्युमाइजर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

जवान देखिन सुहाउँदो हेयर स्टाइल बनाउनुपर्छ । फ्रेस लुक्सका लागि हाइ पोनिटेलको तुलना अरूसँग हुन सक्दैन ।

हेयर स्टाइल होस् वा मेकअप, परीक्षण गर्न कहिल्यै हिच्किचाउनुहुँदैन । यसले केही नयाँपन ल्याई सबैलाई चकित तुल्याउँछ ।

आँखा ह्दयको दर्पण हो । यसलाई आकर्षक राख्नु जरुरी हुन्छ । कालो गाजल छोडेर डार्क ब्लु गाजल लगाउन सकिन्छ जसले नयाँ लुक्स दिन्छ ।

सुख्खा ओठमा कहिल्यै लिपिस्टिक लगाउनु हुँदैन । लिप बामको प्रयोगपछि लिपिस्टिक लगाउँदा छालामा असर पर्दैन । फाइनल टचका लागि ग्लिटर लगाउन सकिन्छ ।

ओलिभ आयलले नियमित मसाज गर्दा अनुहार चम्किलो एवं आकर्षक देखिन्छ ।

फाउन्डेसनले छालामा टोनिङ तथा प्रोटेक्सनको काम गर्छ । यसले छालालाई हावा, धूवाँ–धूलो तथा प्रदूषणबाट समेत जोगाउँछ ।

आइमेकअपपछि मस्करा लगाउनु उपयुक्त हुन्छ । यसले आँखालाई सुन्दर देखाउन मद्दत गर्छ ।

दिउँसो डार्क लिपिस्टिक सुहाउँदैन । त्यतिबेला पिंक अथवा पेस्टल सेड लगाउनु उपयुक्त हुन्छ जसले तरोताजा एवं जवान देखाउन सहयोग गर्छ ।

सुन्दरतामा थप निखार ल्याउन आफ्नो मुहारलाई कुनै एक फिचरमा उतार्नुपर्छ । आँखा वा ओठमध्ये कुनै एक अंगलाई बढी हाइलाइट गर्नुपर्छ । सबै अंगमा हाइलाइट गर्दा अनुहार लाउड देखिनसक्छ । आँखालाई हाइलाइट गर्न एकदम गाढा गाजल र आइस्याडो लगाउनुपर्छ भने ओठलाई हाइलाइट गर्ने हो भने डार्क लिपिस्टिक लगाउन सकिन्छ ।

अपर लिप्स हेयर सधैं वाक्स गर्नुपर्छ जसले अनुहार क्लिन देखाउन मद्दत गर्छ ।

अनुहारमा चाउरी देखिएको छ भने आइस प्याक लगाउनुपर्छ । यसले स्किन टाइटनिङको काम गर्छ ।

बढी गर्मीमा बाहिर जाने प्रोग्राम छ भने म्याट फिनिसिङ मेकअप गर्नुपर्छ ।

आफ्नो साथमा सधैं टिस्यु पेपर राख्नुपर्छ । अफिसबाटै बाहिर प्रोग्राममा जानुछ भने टिस्यु पेपरले अनुहार क्लिन गरेर टचअप गरे पुग्छ ।

बाहिर जाँदा साथमा कम्प्याक्ट बोक्नुपर्छ जसले हरक्षण फ्रेसनेसको काम गर्छ ।

राम्रो परफ्युम अथवा बडी स्प्रे सधैं साथमा बोक्न सकिन्छ ।

माउथ फ्रेसनर प्रयोग गर्दा सास तरोताजा रहन्छ ।

सुन्दरतामा निखार ल्याउन फिटनेसको ठूलो भूमिका हुन्छ तसर्थ दैनिक हल्का व्यायाम गर्नु आवश्यक छ ।

धेरै महँगा र डिजाइनर वेयरले मात्र सुन्दर देखाउँछ भन्नु भ्रम मात्र हो । सौन्दर्यका लागि शरीर सुहाउँदो पहिरन लगाउनुपर्छ ।

हात–खुट्टा नियमित रूपमा वाक्स गर्नुपर्छ । आइब्रो समय–समयमा थ्रेडिङ गर्दा ताजा फिल हुन्छ ।

राइड एटिट्युटका साथै हरेक चीजप्रति सकारात्मक सोच बनाउनुपर्छ ।

                          साभार – नारी

प्रतिकृया दिनुहोस्