Paschim News

प्रकाशित : २०७५/४/१८ गते

पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन् ।

गत जुलाई २५ मा देशभरी भएको निर्वाचनको परिणाम पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको घोषणा भएपछि उनीहरुले आन्दोलको घोषणा गरेका हुन ।

 

आन्दोलनरत पार्टीहरुले फेरि निर्वाचन गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

वर्तमान सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)सहितका दलहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

पिएमएल–एनका वरिष्ठ नेता शाहबुज शरिफले आन्दोलनप्रति आफ्नो समर्थन रहेको जानकारी दिनुभयो ।

 

प्रतिद्वन्द्वी ती पार्टीहरूले चुनावमा धाँधली भएको ठहर गर्दै पुनः आन्दोलन गर्ने घोषणा गरेका हुन् ।तेस्रो स्थानमा बिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी रहेको छ, जसले ३९ सीट जितेको बताइएको छ । बिलावल पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । सन् २००७ को डिसेम्बरमा बेनिजिर भुट्टो हत्या भएको थियो. ।

 

यद्यपी पीपीपीले भने शुक्रवार भएको प्रतिद्वन्द्वी पार्टीहरूको भेलामा सहभागिता जनाएको थिएन ।

मतगणनाको परिणामअनुसार पूर्वक्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको छ । यद्यपि, खानको पार्टीले सरकार गठनका लागि आवश्यक १३७ स्थान प्राप्त गर्न सकेन ।

पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा शुक्रबार घोषणा गरेको थियो । प्राप्त विवरण अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।

सरकार गठनका लागि आवश्यक बहुमत (१३७ स्थान) प्राप्त नगरेका कारण इमरान खानले अन्य साना दलसँग गठबन्धन निर्माण गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ । यसैबीच विरोध प्रर्दशन सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्