महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने पर्व हो– तीज । ‘संस्कृति र परम्परा’ को नाम दिइएको तीजलाई अन्धविश्वासका पहरेदार महिलाहरुले धुमधामका साथ मनाइरहेका छन्– कोही खाना नखाएर त कोही पानी समेत नपिएर ।
तीजका दिन पानी समेत नपिई, भोकै ब्रत बसेर ‘भगवान् शिव’ को पूजा–आराधना गर्नाले अविवाहित महिलाले चाहेको र असल श्रीमान् पाउने अनि विवाहितले ब्रत गर्दा श्रीमानको आयु लम्बिने अन्धविश्वास छ ।
परापूर्वकालमा ‘पार्वती’ ले तीजकै दिन ‘शिवजी पति पाऊँ’ भनी निराहार ब्रत बसेका कारण ‘शिवजी’ लाई नै पति पाएको किंबदन्तीअनुसार तीजका दिन महिलाहरुले ब्रत बस्ने गरेका छन् । यद्यपि पछिल्लो समय तीजविरुद्ध चर्का स्वरहरु पनि गुञ्जिइरहेका छन् । तीज मान्नेहरू सँगसँगै नमान्ने महिलाहरुको संख्या पनि ठूलो छ ।
तीजको ब्रत पितृसत्तात्मक समाजको उपज हो, मुलुकमा पितृसत्तात्मक सामाजिक प्रणाली विद्यमान छ भन्ने कुराको उदाहरण हो । तीजले पुरुषलाई नै ‘उपल्लो वरियता’ प्रदान गरेको छ, पुरुष नै ‘सर्वश्रेष्ठ’ र ‘महत्त्वपूर्ण’ व्यक्ति हो भन्ने सन्देश दिएको छ । अनि महिलालाई चाहिँ ‘कमजोर, सोझो, अस्तित्वहीन र गौण पात्र’ का रूपमा स्थापित गरेको छ ।
महिलाले तीजको ब्रत बस्नु पुरुषमा झन् अहमताको भावना विकास गराउनु हो भने महिलामा हिनताबोधको । किनभने, पुरुषको ‘लामो आयु’ का लागि महिलाले ब्रत बसिदिनु तर पुरुषले भने आफ्ना श्रीमतीलाई ब्रत बस्नुबाट रोक्नु यसैको उदाहरण हो ।
कुनै युगमा ‘पार्वती’ ले ‘शिवलाई पति पाऊँ’ भनी ब्रत बसिन् रे अनि ‘शिव’ नै पति पाइन् रे । के सत्य यही नै हो त रु पार्वतीले ब्रत बसेकै कारण शिव पति पाइन् या अन्य कुनै कारणले रु पार्वतीको त्याग देखेर मात्रै शिव प्रभावित भए या अरु कुनै कारणले रु यदि पार्वतीको ‘घोर तपस्या’ देखेरै शिव प्रशन्न भएका हुन् र पार्वतीको पति बन्न राजी भएका हुन् भने भने शिवको नियतमाथि चाहिँ प्रश्न उठाउनुपर्छ । उनी घुस्याहा मनोवृत्ति भएका, चाकरी रुचाउने व्यक्ति हुन् भन्नुपर्छ ।
मार्क्सवादी विचारक आन्टोनियो ग्राम्सीले भने झैं रहस्यको भरमा भ्रमको खेती गर्नेहरू असहाय र गरिबका मुख्य शत्रु हुन् । यसलाई चिर्न रहस्यहरूको पर्दाफास गर्नुपर्छ । रहस्य, रहस्यमै सीमित रह्यो भने अन्धविश्वासको जन्म त्यहींबाट हुन्छ । त्यसैले, कुनै पनि रहस्यको कारण, सम्बन्ध उदघाटन गर्न सकिएमा मात्र अन्धविश्वासविरुद्ध विजय हासिल गर्न सम्भव छ । र, परापूर्वकालमा ‘पार्वती’ ले ‘शिव’ लाई श्रीमान् पाउनका लागि ‘तपस्या’ गरेको र ‘शिव’ खुसी भई ‘पार्वती’ को श्रीमान् हुन तयार भएको तथ्यहीन कुरामा विश्वास गर्नुभन्दा बरु यो धर्तीका हजारौं दीन–दुःखी र हिंसाप्रभावित मान्छेहरुको न्यायका लागि अनसन ९भोकै या ब्रत० बस्न तयार हुनुपर्छ । दण्डहीनता अन्त्यका लागि पहल गर्न राज्यलाई बाध्य पार्नुपर्छ ।
हिंस्रक र पीडक गुण कदापि मानवीय हुन सक्दैनन् । पुरुष अर्थात् श्रीमानहरुमा परानुभूति र संवेदनाको भाव हुनैपर्छ । विश्वासका नाममा विद्यमान यस्ता तर्कहीन अन्धविश्वासका पछि लागेर आफ्नो ‘आयु’ को कामना गर्दै ब्रत बस्ने श्रीमतीलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्याउने महत्त्वपूर्ण जिम्मेवारी बहन गर्नेतर्फ श्रीमानहरु पनि लाग्नुपर्छ ।
अतः मानवजातिमा मात्र हुने परानुभूतिको भाव पुरुषले किन नदर्शाउने रु हामीले आफूलाई अरूजस्तै र अरूलाई आफूजस्तै किन नसोच्ने रु किन नबुझ्ने रु सामाजिक अन्धविश्वास, कुरीति तथा कुप्रथालाई हटार्इ सबै मानवअधिकार सबैका लागि र सधैंका लागि प्रत्याभूत तथा सुनिश्चित गर्न हामी सबै एकजुट भएर अभियानरत हुनुको विकल्प छैन । यो नै समयको माग हो ।
साभारः महिला खबरको सम्पादकीय