Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२१ गते

सिरहा । पुरोहित तथा मौलानाले केटाकेटीको जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराउने प्रतिवद्धता जनाएका छन् । सिरहा नगरपालिका–१२, सारस्वरमा आयोजित एक अन्तरक्रियामा जिल्लाभरका पण्डित तथा माैलानाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

जिल्लामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले यस्तो निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । उहाँले उमेर नपुगेकाको विवाह गराउने पुरोहित तथा मौलाना र अभिभावकलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको कानुनी व्यवस्था गरिएकाे जनाउनुभएकाे छ ।

पछिल्लो समय जिल्लामा बालविवाह व्यापकरुपमा भइरहेको जनगुनासो आएपछि प्रहरीले हिन्दू धर्मावलम्बीका पण्डित तथा मुस्लिम समुदायका मौलानासँग अन्तरक्रिया गरेको हो ।

प्रतिकृया दिनुहोस्