Paschim News

शुकदेव थपलिया प्रकाशित : २०७५/६/१४ गते

प्रतिभा सम्मान प्रवन्ध गुठीले नेपाल समाचारपत्रकी वरिष्ठ पत्रकार भगवती तिमल्सिना सहित तीन जना वरिष्ठ महिला सञ्चारर्कीलाई सम्मान गरेको छ ।

पत्रकारिता क्षेत्रबाट समग्र समाजमा उल्लेख्य योगदान पुर्याएको भन्दै गुठीले वरिष्ठ सञ्चारकर्मी तिमल्सिना सहित कृष्णा ताम्राकार र सृजना दुवाललाई सम्मान गरेको हो ।

शनिवार बनेपामा आयोजित विशेष सम्मान कार्यक्रममा प्रमुख अतिथि सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सम्मानित व्यक्तिवलाई दोसल्ला, ताम्रापत्रका साथै नगद १५ हजार रुपैया प्रदान गरेका थिए ।

प्रतिभा सम्मान गुठीले समाजमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

सम्मानित व्यत्तित्व तिमल्सिना २५ वर्ष देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल छिन् । भने ताम्राकार २०१८ सालदेखि रेडियो नेपालमा हिन्दी र नेपालीमा समाचार वाचिकाका रुपमा क्रियाशिल थिए ।

अर्की सम्मानित व्यक्तित्व दुवाल हाल नारी मासिकको सम्पादक छन् ।

रेडियो नेपालमा समाचारवाचिकाको रुपमा निकै प्रख्यात रहेकी सम्मानीत व्यक्तित्व ताम्राकारले रेडियो नेपालमै रसरंङ्ग, हाजिरीजवाफ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय एवार्डबाट समेत सम्मानित भएकी ताम्राकाले मृत्युपछि आखादान गरौं भन्ने अभियान विगत २० वर्ष देखि सञ्चालन गर्दै आएकी छन् ।

८२ वर्षिया क्यान्सर रोगी ताम्राकारले पंक्षि संरक्षण लगाएत विभिन्न स्वास्थ्य सम्बन्धि चेतनामुलक अभियान पनि सञ्चालन गरिरहेकी छिन् ।

सम्मानीत तीनै जना महिला सञ्चारकर्मीले समाजमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै सुचना तथा सञ्चारमन्त्री बाँस्कोटाले उहाहरुको योगदानको सरकारले पनि कदर गर्ने बताएका छन् ।

सम्मानित व्यत्तिले न लोकतन्त्र, न प्रविधि, न प्रशस्त मिडिया, न प्रयाप्त तलब भएको बेला देखि पत्रकारीता क्षेत्रमा लागेर संघर्षमय जिवन बिताउदै समाजमा योगदान पु¥याएका छन भन्दै मन्त्री बास्कोटाले भने– उहाँहरु अझै क्रियाशिल हुनुहुन्छ यो गर्वको कुरा हो ।

प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न क्षेत्रबाट समाजमा उल्लेख्य योगदान पुर्याउने ख्यातिप्राप्त व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको बताउदै गुठीका अध्यक्ष मोहन दुवालले काम गर्नेलाई सम्मान गरौं भन्ने भावना सबैमा पलाउनु पर्ने बताए । नेपालखबरडेलीबाट

प्रतिकृया दिनुहोस्