Paschim News

आज : २०८० आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/६/२१ गते

पहिले कहीं–कतै नदेखेको–नसुनेको ‘दूध दिने गोरु’ हेर्न आउनेको लर्को अझै घटेको छैन ।

हेलम्बु गाउँपालिका, इचोक, पुरानागाउँस्थित दूधालू गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ ।

कान्तिपुर दैनिकका अनुसार पुरानागाउँमै गोरुका लागि घाँसपात र दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘दूधको थप ‘ल्याब टेस्ट’ गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौं,’ शेर्पाले भने– ‘दूधालू गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ ।’

गाउँपालिकाले हाल ‘दूध दिने गोरु’ को संरक्षाणासँगै शिवमन्दिर निर्माण कार्ययोजना बनाइरहेको छ । 

प्रतिकृया दिनुहोस्