Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/२५ गते

डडेलधुरा । मुख्यमन्त्री एकिकृत कृषि विकास कार्यक्रम आफूहरुले माग गरेर पनि नपाएको भन्दै डडेल्धुराका किसान आन्दोलित भएका छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ डमरकोटका कृषकहरुले कृषि ज्ञान केन्द्र डडेल्धुरामा ज्ञापनपत्र समेत बुझाएका छन् । किसानले पहुचँका आधारमा आफूहरुलाई जानकारी नै नदिई कार्यालयले कृषि कार्यक्रम कार्यान्वय गरेकोमा आपत्ति जनाएका हुन् ।

आलुखेती गरेको जमीन यो मौसममा तरकारी खेतीका लागि बाँझो रहेकाले तत्काल कृषकका गतिविधि शुरु हुनेपर्ने उनीहरुको माग छ । आन्दोलित कृषक समूह पर्नेस्थानमा धानखेतीका लागि उपयुक्त भएकाले तरकारी खेतीका लागि छनोट नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सुदूपश्चिम प्रदेशमा ‘एक स्थानीय तह, एक नमुना गाउँ बनाउने उद्देश्यले मुख्यमन्त्री एकिकृत कृषि विकास कार्यक्रम अन्र्तगत एक स्थानीय तहको एक गाउँमा ५० लाख बजेट विनियोजित गरिएको छ ।

प्रतिकृया दिनुहोस्