Paschim News

प्रकाशित : २०७४/३/५ गते

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ को कार्यकर्ताको नाम दिएर केही युवाहरूले काठमाडौंमा चन्दा आतङ्क मच्चाएका छन् ।

सामान्य उद्योगी, ब्यापारी एवम् सर्वसाधारण समेतबाट ठूलो रकम माग गरी धम्क्याउने क्रम बढेको छ ।

साना तथा मझौला ब्यवसायी एवम् विभिन्न संस्थामा आवद्ध रविन्द्र पुरूष ढकाल र रामकुमार अधिकारीसँग ठूलो रकम चन्दाको रूपमा माग गरेको र धेरै रकम चन्दा दिन नसक्दा संघातिक आक्रमण गरी घाइते बनाइएको छ ।

निज ढकाल र अधिकारीको काठमाडौंको जोरपाटीस्थित शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

विप्लव माओवादीको नामबाट भएको उक्त घटनाको सबै क्षेत्रबाट भर्त्सना गरिएको छ ।

प्रतिकृया दिनुहोस्