२०७२ बैशाख १२ काे बिनासकारी भुकम्पबाट पीडित विभिन्न जिल्लाका स्थानीय वासिन्दाहरूलार्इ न्युज क्लब अफ नेपालले बिभिन्न राहत सामाग्रीहरू वितरण गरेकाे थियाे ।
क्लबका अध्यक्ष ध्रुवकुमार मैनालीकाे सम्याेजकत्वमा देश तथा विदेशबाट राहत सामाग्री संकलन गरी पीडितलार्इ हस्तान्तरण गरिएकाे थियाे ।
अध्यक्ष मैनाली लगायत न्यूज क्लब अफ नेपालका पदाधिकारी तथा सदस्यहरू राहत संकलन तथा वितरणमा सहभागी भएका थिए ।
राहत सामाग्री वितरणमा लताकपडा, टेण्ड, त्रिपाल, भाडाकुँडा लगायत खाद्य सामाग्री अादि रहेका थिए ।
सिन्धुपाल्चाेक, काठमाडाैं, ललितपुर, भक्तपुर, नुवाकाेट, धादिङ लगायतका जिल्लामा राहत सामाग्री वितरण गरेकाेमा काभ्रे जिल्लाका विभिन्न स्थानलार्इ राहत वितरणकाे प्रमुख स्थल बनाइएकाे क्लबका अध्यक्ष ध्रुबकुमार मैनालीकाे भनार्इ छ ।
सामाग्री वितरणकाे क्रममा काभ्रेकाे चापाखाेरी गाविसका विभिन्न वडामा टेण्ड वितरण गरिएका केह तस्बिरहरूः