Paschim News

प्रकाशित : २०७६/७/६ गते

काठमाडौं । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा ९डीभी० को आवेदन फर्म मानिसहरुको भींड लाग्न थालेको छ । डीभीकै लागि मानिसहरु १५ हजार तिर्दै राहदानी बनाउन थालेका हुन् ।

डीभी भर्नकै लागि यतिबेला राहदानी बनाउने  सेवाग्राही समेत ह्वात्तै बढेका छन् । सधैंको भन्दा झन्डै पाँच गुणा बढीले राहदानी आवेदन भर्ने गरेको राहदानी विभागले जनाएको छ ।

गत असोज १५ मा डीभी आवेदन खुलेपछि राजधानी र बाहिरका जिल्ला सदरमुकामहरुमा राहदानी बनाउनेहरु बढेका हन् । यस अघि जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन मात्रै रहने गरेकोमा पछिल्ला पटक झन्डै चार हजार जनाले आवेदन भरिरहेका छन् । जसमा पनि एक तिहाई जतिले त १५ हजार रुपैयाँ शुल्क तिरेरै एकैदिनमा एमआरपी लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्