Paschim News

प्रकाशित : २०७६/१२/२० गते

काठमाडौं । चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ ।

मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो ।  सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज खतिवडाले देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन आग्रह गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले भाडा लिने घरधनीलाई कारबाही गर्ने उल्लेख गर्नुभएको छ । ‘सरकारले सबै घरदनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको छ’ उहाँले भन्नुभयो, ‘ यो घरनीलाई सरकारले कर छुट गरेको छ । त्यही भएर एक महिनाको भाडा नलिन भनिएको हो । सरकारको निर्णय र आग्रह बेवास्ता गरी भाडा लिए त्यस्ता धरधनीलाई सरकारले एक्सन लिन्छ ।’

मन्त्री खतिवडाले एक महिनाको भाडा नलिँदैमा घरधनी टाट पल्टिने अवस्था नरहेको समेत बताउनु भयो ।

प्रतिकृया दिनुहोस्