Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१९ गते

काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको लागि  चीनकाे ओम्नी समूहसँग गरिएको स्वास्थ्य उपकरण सामग्री खरिद सम्झौता रद्ध गरेको छ । स्वास्थ्य उपकरण सामग्री खरिदबारे  विवाद भएपछि ओम्नी समूहसँग  सम्झौता रद्ध गरेको हाे ।

स्वास्थ्य उपकरण सामग्री खरिद सम्झौता रद्ध गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । मुलुकमा कोभिड–१९ संक्रमण देखिएपछि सरकारले ओम्नी समूहसँग उपकरण खरिदको लागि सम्झौता गरेको थियो । ओम्नी समूहसँग स्वास्थ्य सेवा विभागले सम्झैता गरेको हो ।

सम्झौतापछि सरकारले नेपाल एयरलाइन्स विमानबाट आइतबार व्यक्रिगत सुरक्षा र  पीपीई लगायत स्वास्थ्य सामग्री ल्याएको थियो ।  महानिर्देशक श्रेष्ठले ओम्नी समूहले सम्झैता अनुसार स्वास्थ्य उपकरण दिन नसकेपछि सम्झौता रद्ध गरिएको बताउनुभयो  । मुलुकमा लकडाउन गरिएको बेला बिना टेण्डर खरिद गरेपछि स्वास्थ्य उपकरण सामग्री महंगोमा किनेकाे भनेर सरकारको आलोचना  समेत भइरहेकाे छ ।

ओम्नी समूहसँग गरिएको सम्झौता अनुसार १० प्रतिशत मात्र सामग्री आएको छ । समूहसँगले बाँकी सामान अप्रिलमा पठाउने भनेको थियो । सम्झौता रद्धभएपछि अब बाँकी सामान आउने नआउने टुगो छैन । महानिर्देशक श्रेष्ठले सम्झौता रद्द गरेर ओम्नी समूहलाई कालो सूचीमा राख्ने निर्णय भएको जानकारी समेत दिनुभएको छ ।

विभागले स्वास्थ्य उपकरणको लागि फेरि खरिद प्रक्रिया शुरु गर्ने भएको छ। महानिर्देशक श्रेष्ठले त्यसको लागि ३ दिनको समय दिएर बिहीबार टेण्डर आव्हान गरिने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्