Paschim News

आज : २०७८ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कृष्णप्रसाद बास्तोला प्रकाशित : २०७५/१२/९ गते

चौरासी लाख जुनिमा घुमिफिरी अहिले यस्तो अमूल्य नरको जुनि हामी सबैले पाएका छौं । यो कुरालाई अनेक तरिकाले नियालेर हेरेपनि समाजले समाजलाई तिरस्कारको विडम्बनाले लखेटेको क्रमिक रुपमा पाइन्छ । मानिस चेतनशिल  सर्वश्रेष्ठ पाणी मानिन्छ । तरपनि मानिस नै सबैभन्दा कठोर देखिन्छ । यो संसारमा मानिसलाई किन यस्तो स्वार्थी र कठोर कसले बनाइदिएको होला प्रश्न मनैमा मडारिइरहेको छ ।

साँच्चै नै नेपाल सतिले सरापेको देश नै होला त ? पैसाले पैसामा आत्मा बेच्नेहरु, धर्मले धर्मलाई ठग्नेहरुले मानिसको आत्मा मानिसले नै बेचिरहेको छ । यो कस्तो विडम्बना हो नेपालको ? कतिपय बालबच्चाहरु हराएका छन् । युवायुवतीहरु हराएका छन् । अपहरणमा परेका छन् । यो किन र केका लागि भइरहेका छन् त ? के मानिसहरु सबै एकदिन मरेर जाने होइन र ? मरेर जाने चोलामा यो कुकृत्य किन त फेरी ?

नेपाल चारजात छत्तिस वर्णको पूmलबारी मानिएको छ । साझा फूलबारी भएर पनि सबै आआफ्दै स्वार्थमा केन्द्रित छन् । स्वार्थमा अरुको कुभलोको काम गरिरहेका छन् । सयको जुत्ता किनेर पाँच सयमा बेचेको जस्तो भएको छ सबका जिन्दगी । स्वर्ग  र नर्क खोज्न कतै जानु नपर्ने रहेछ । मरेपछि स्वर्ग  र नर्क देखिन्छ भन्नु पनि भूल जस्तो छ । यही धर्तीमा स्वर्ग  नर्क रहेछ । राम्रो काम गर्नेलाई यहीँ स्वर्ग र नराम्रो गर्नेलार्य यहीँ नर्क भइरहेको छ । यहाँ जसको शक्ति उसको भक्ति भइरहेको छ ।

साँढेको जुधाई बाच्छाको मिचाई भइरहेको छ मेरो देशमा । ठूला माछाले साना माछालाई खाइरहेको छ । छोराछोरीले बाबुआमाको तिरस्कार गरिरहेका छन् । लाखौ दुःख कष्ट छिचोलेर नौ महिना गर्भमा बोकेर जन्माएर पालनपोषण गरी उचित शिक्षा दिएर सक्षम बनाएका छन् बाबुआमाले तर अन्तिमा ति छोराछोरीहरुले तिनै आमा बुबाको सम्पत्तीसमेत खोसेर वृद्धाश्रममा लगेर राखेका घटनाहरु दिनानुदिन बढिरहेका छन् । यस्तो कपुत सन्तान किन जन्मिएका ? के सतिले सरापेकै कारण यस्ता सन्तान जन्मिएका हुन् त ।

यो संसारलाई आफ्नाे सिङ्गो राष्ट्र चिताउने र उचित बाटो देखाइदिने बुबा आकाश भन्दा पनि ब्यापक र आमा पृथ्वीभन्दा पनि ठूली हुन् । 

जिन्दगीको दोसाँधमा आत्मा जडेको छ ।

त्यही आत्माको मनभित्र संसार अटेको छ ।।

दुःख पाए जिन्दगी यो सजायँ भोग्ने जाल रैछ ।

सुख पाए जिन्दगी यो दुई आत्माको मेल रैछ ।।

धन हुनेसँग मन नहुने रैछ ।

धन हुनेसँग मन नहुने रैछ ।।

त्यसैले त एउटा गीतमा भनिएको छ, ‘धनबिनाको मन ठूलो कि मनबिनाको धन ।’

 

प्रतिकृया दिनुहोस्