काठमाडौं । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन मुलुकमा चैत ११ गतेदेखि लकडाउन भइरहेको छ । कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन दीर्घकालीन विधि होइन, कोरोनाप्रति सजक हुने अल्पकालीन उपाय मात्र हो । चैत १८ गतेको लागि घोषणा गरिएको लकडाउन फेरि एक साता थप गरिएको छ । लकडाउन चैत २५ गतेसम्म पुर्याइएको छ ।
लकडाउनको कारण मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् । सवारी साधनलाई प्रशासनको स्वीकृति बिना गुड्न दिइएको छैन । सरकारले देशवासीलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । बासिन्दा अति आवश्यक काम बाहेक निस्केका छैन । सडकमा मानिसको आउजाउ ठप्प छ । लकडाउनप्रति समाजमा विभिन्न खाले टिकाटिप्पणी भइरहेको छ । यसलाई अधिकांशले सकरात्मक रुपमा लिएका छन् । केहीले भने यसको आलोचना समेत गरिहेका छन् ।
विश्वका प्रगतिशिल एवं समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तराष्ट्रिय संस्था विश्व ट्रेड युनियन महासंघ (डब्लु.एफ.टि.यु) को प्रेसिडेन्सियल सदस्य प्रेमलकुमार खनालले लकडाउनबारे सरकार र सम्बन्धित पक्षलाई १३ सुझाव दिनुभएको छ ।
१, लकडाउनलाई शहर, बजार ,टोल, बस्तीसम्म युद्ध स्तरमा प्रभावकारी बनाउनु, सबै क्षेत्र र तहको अनुगमन र रिपोर्टिङलाई प्रभावकारी बनाउनु
२, छिमेकी देश भारत लगायत सबै देशबाट आउनु भएका दाजुभाई दिदीबहिनीहरुको सकेसम्म चाँडो एकै दिन भित्र सबै आआफ्नो ठाउँमा प्रभावकारी योजना बनाई काममा लाग्दा सम्भव हुने पहिचान गर्नु र सुरक्षात्मक र उपचारात्मक उपाय अवलम्बन गर्न युद्धस्तरमा लागि हाल्नु
३, स्वास्थ्य परिक्षण गर्ने ल्याब हिमाली भेग (कर्णाली अन्चल) लगायत प्रमुख शहरमा स्थापना ,स्वास्थ्यकर्मीलाई प्क्ष्त्क् ,एएभ् को शीघ्र ब्यबस्था र तालिम तथा उच्च मनोबलका साथ परिचालन गर्नु
४, सबै सरकारी अस्पतालमा आइसियु ,भेलिन्टर संख्यामा वृद्धि र क्वारेन्टाइन,आइसोलेसनको व्यवस्था गर्नु
५, सरकारी तथा नीजि अस्पताल ,नर्सिङ होम, क्लिनिकलाई एकीकृत तवरले संक्रमणविरुद्ध उपचार गर्न केन्द्रित गर्ने गरी तयारी गर्नु
६, सबै वडास्तरमा मापदण्डअनुसार क्वारेन्टाइनको व्यवस्था , स्वास्थ्यकर्मी ,उपचार सामाग्री र एम्बुलेन्स तथा अन्य गाडीको स्टान्डबाई व्यवस्थाका साथै स्वयंसेवकको व्यवस्था गर्नु
७, अब खाद्यान्न आयात केन्द्रित नीति र पर्याप्त सुरक्षित भण्डारणको व्यवस्था गर्नु
८, वडा टोलस्तर सम्म खाद्यान्न, खानेपानी, बिक्रीवितरण गर्ने केन्द्रको व्यवस्था गर्नु
९, कामबाट बञ्चित श्रमिक, गरिब, बेरोजगार, अशक्त ,बिरामी, सुत्केरी, वद्धवृद्धाका लागि राहतमूलक योजना लागू गर्नु
१०, माग र आपूर्ति व्यवस्थित गर्न छोटो अवधिमा नै उत्पादन हुने खाद्यान्न, तरकारी ,फलफूल र दुग्धजन्य पदार्थ उत्पादन र प्रशोधन गर्न किसान, साना, उघोगका लागि राहतमूलक योजना बनाई लागू गर्नु
११, उधोग व्यवसायलाई कर, महशुस र बैक किस्तामा छुट र सहुलियत प्रदान गर्नु
१२, केन्द्रीय आपतकालीनकोषमा पर्याप्त नगद जिन्सी संकलन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनु
१३, राजनीतिक दल ,सामाजिक संघ संस्थासहितको सहकार्यलाई तीब्रता दिनु