News Portal

एनआरएनएमा कुन समूहकाे को–को विजयी (नामसहित)

३२५७ पटक

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवाैं अधिवेशनका लागि भएको निर्वाचनमा प्रगतिशील समूहका कुमार पन्त अध्यक्षमा निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समूहका कुल आचार्यलाई पछि पार्दै पन्त निर्वाचित हुनुभएको हो । पन्त समूहबाट महासचिव, सचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारी निर्वाचित भएको बताइएको छ । अन्य निर्वाचित पदाधिकारीकाे नाम भने सार्वजनिक भएकाे छैन ।

कुन प्यानलबाट को को निर्वाचित
प्रगतिशील समूह
अध्यक्ष–कुमार पन्त
उपाधायक्ष– डा. वद्री केसी
उपाध्यक्ष–अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष–सोनम लामा
महासचिव–हेमराज शर्मा
सचिव– गौरी जोशी
सचिव– आरके शर्मा
कोषाध्यक्ष –महेशकुमार श्रेष्ठ
सहकोषाध्यक्ष–लोकप्रसाद दाहाल
महिला संयोजक -भुमा लिम्बू

लोकतान्त्रिक प्यानल

उपाध्यक्ष–मन केसी
महिला उपाध्यक्ष– रविना थापा

हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत अर्थात २३ सय ४४ मतदान भएको थियो । जम्मा मतदाता सख्या २६ सय १३ रहेका थिए । हिजो राति १० बजेदेखि शुरु भएको मतदानको परिणाम सार्वजनिक भएको हो । मतपरिणाम अनुसार मतदान ४२ पदका लागि भएकोमा निर्वाचनमा एक सय २ ले उम्मेदवारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्