Paschim News

आज : २०८१ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/४ गते

अष्ट्रेलियाको नर्थ क्रोनुला समुद्री किनारमा बुधबार एक महिलाको शव भेटिएको छ । उक्त शव २६ वर्षीया नेपाली मूलकी महिलाको भएको प्रहरीले जनाएको छ ।

 

अमेरिकी अखबार ‘द सन्डे मर्निङ हेराल्ड’ का अनुसार उक्त महिलाको शव किनारमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । किनारमा एक्सरसाइज गर्न आएका दुई महिलाले बिहान ५ बजे महिलाको शव देखेर प्रहरीलाई खबर गरेका थिए।

 

महिलाको शरीरमा पूरा कपडा भएको र उनको पहिचान खुल्ने किसिमको कागजात नरहेको प्रहरीले जनाएको छ । महिलाले लामो बाहुला भएको जम्पर, कलेजी रङको पेन्ट र कालो रङको जुत्ता लाएकी छन् ।

 

उनको शरीरमा एक ठाउँमा चोट देखिएको छ। तर त्यो त्यति गम्भीर नभएको प्रहरीको भनाइ छ । महिलाको पहिचान गर्न प्रहरीले सार्वजनिक रुपमा जानकारी दिन आह्वान गरेको पनि ‘द सन्डे मर्निङ हेराल्ड’ले जनाएको छ ।

 

अनुसन्धानबाट उक्त महिला नेपाली भएको प्रहरीले पुष्टि गरेको छ । ती नेपाली महिलाको मृत्युमा कुनै प्रहरीले कुनै आपराधिक संलग्नता नरहेको अनुमान गरे पनि अनुसन्धान जारी राखेको छ ।

 

स्थानीयले भने प्रहरीले कुनै आपराधिक घटनाको झैं अनुसन्धान गरिरहेको जनाएका छन् । विभिन्न सञ्चार माध्यमका अनुसार महिलाको शव भेटिएको स्थानमा प्रहरीले टेन्ट राखेको छ भने त्यहाँसम्म पुग्ने बाटो पनि बन्द गरेको छ ।

 

उनको प्रस्ट तस्वीर सार्वजनिक गरेर थप परिचय खुलाउने तयारी प्रहरीले गरेको छ । पोस्टमार्टमपछि थप जानकारी खुलस्त हुने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्