Paschim News

शुकदेव थपलिया प्रकाशित : २०७५/४/१७ गते

विगत केहि दिन देखि बोधिचित्त कारोबारले काभ्रेमा सबैको ध्यान खिचेको छ ।

 

मोटो रकम आम्दामी हुने भएपछि प्रहरी प्रसासनको त ध्यानै यसैमा थियो । बोधिचित्त कारोबारमा करोडौ रुपियाँमा माला खरिद विक्रि हुने गर्दै आएको र त्यसको विभिन्न पक्ष विपक्षसँग बार्गेनिङ्ग गरेर मोटो रकम लिन तम्सीएका जिल्ला प्रहरी र प्रसासनका सिडिओ ले नै अन्ततः रकम लिएको खुलेको छ ।

 

जिल्ला प्रशासन कार्यालय काभ्रेका एक स्रोतले सीडीओ र एसपीलाई पैसा खुवाएको पोल खोलेका छन् । कारोबार मिलाउन भन्दै प्रजिअ कृष्ण बहादुर राउतको भक्तपुर घरमै कारोबार पक्षको तर्फबाट लाखौँ रकम लिएको स्रोतले बताएको छ । बाहिरी हल्ला १२ लाख आएको भए पनि उनले न्यायधिसलाई मिलाउन सकेत भन्दै धेरै रकम बुझेको स्रोतले बताएको छ ।

 

यो रहस्य खुलेसँगै यतिबेला काभ्रेको माहोल झनै तातेको छ ।

 

काभ्रेमा महंगोमा कारोबार हुँदै आएको बोधिचित्तहरू हामीलाई भाग नलगाई कसरी विक्रि हुन्छ यसमा यति रकम चाहिन्छ भन्दै आर्थिक लेनदेन समेत गरेको ति स्रोतले भिडियो सहितको प्रमाण लिएपछि सो घुसखोरबारे रहस्य खुलेको हो ।

 

काभ्रेको रोशी गाउँपालिका–३ फोईमा रहेको किसानको माला प्रहरी र एर्का पक्ष बिच जबरर्जस्ती कब्जा गरेका छन् । स्थानीय ८६ वर्षीया माइली तामाङको स्वामित्वमा रहेको उक्त बुद्धचित्त माला दावा लामा भनिने समुहले टिपेको बताइएको छ । करोडौँमा विक्रि गर्ने माला किसानको सहमतिविना टिप्ने कार्यमा काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र प्रहरी उपरीक्षक (एसपी) रविराज खड्काले सहयोग गरेको आरोप लागेको छ ।

 

यसअघि पनि साविक सिसाखानी ८ को कारोबार आइतबार बेलुकी ९ बजे दुई पक्षलाई प्रहरी कार्यालयमा राखी मिलाएर पठाइएको छ ।पछिल्लो कारोबार रहेको बोधिचित्तको विवाद पनि अदालतले किसानको सहमती बेगर माला नटिप्न अन्तरिम आदेश दिएको थियो ।

 

सीडीओ र एसपीसँगको मिलेमतोमा प्रहरी परिचालन गरेर शनिबार सो समूह माला टिप्न पुगेको बताइएको छ । तर किशानले हारगुहार गरेपछि गाउँलेहरूले विरोध प्रदर्शन गरेसँगै करिब ७ किलो माला टिपेपछि प्रहरीले उक्त माला टिप्न रोक लगाएको थियो ।

 

आइतबार दिनभर धुलिखेलमा मालाको बैना गर्ने पक्षहरूबीच छलफल भए पनि मालाधनी माइली तामाङले आफूले तीर्थ लामासँग बैना रकम लिएको र उनैलाई माला दिने बताएकी थिइन् ।

 

माला फल्नुअघि नै तिमाल गाउँपालिका–९ का भीम तामाङले माइली तामाङसँग कागज गरेका थिए । भीमले कागज मात्रै गरेको तर पैसा नदिएको भन्दै माइलीले अर्का माला कारोबारी तीर्थ लामाबाट १७ लाख बैना लिएपछि विवाद सुरु भएको थियो । तर सो कारोबारमा भीम तामाङसँग भएको कागजबारे उच्च अदालत पाटनमा मुद्दासमेत चलिरहेको छ ।

 

तर सो कारोबार बारे प्रहरी प्रमुख रविराज खड्का र प्रजिअ कृष्ण बहादुर राउतले गाउँमै सुरक्षा र छलफल गरि सो विवाद टुङ्गगो लागि सकेको बताएका छन् ।

 

घुस लिएको बारे भने जिल्ला प्रहरी र प्रसासन कार्यालयले हाल सम्म कुनै पनि प्रतिक्रिया दिन सकेको छैन ।

 

नेपालखबरडेली डट्कमबाट

प्रतिकृया दिनुहोस्