Paschim News

रोशन दाहाल प्रकाशित : २०७५/४/१७ गते

काठमाडौँ ।

काठमाडौँ । मदन पुरस्कारका निम्ति २०७४ सालमा प्रकाशन भएकामध्येबाट ८ वटा श्रेष्ठ पुस्तकको नामावली सार्वजनिक भएका छन् । 

मदन पुरस्कार गुठीका अनुसार, गठन गरिएको समितिको रोजाइमा यसवर्ष ८ वटा पुस्तक छनोटमा परेका हुन ।

यी छनोट भएका पुस्तक मध्येबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई ०७४ को मदन पुरस्कार दिइने छ । 

विगत वर्षमा एकैचोटी विजेताको नाम सार्वजनिक गर्ने गरेको गुठीले ०७२ सालबाट श्रेष्ठ सूची सार्वजनिक गर्ने चलनको सुरु गरेको हो ।

ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’ को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बुनी गाउँ’, मोहन वैद्य ‘किरण’ को हिमाली दर्शन’ जस्ता विभिन्न पुस्तकहरु श्रेष्ठ ८ को सूचीमा पर्न सफल भएका छन् । 

यी पुस्तकहरु क्रमशः ‘कैरन’ साङ्ग्रला बुक्स, ‘नथिया’ बुक हिल, ‘पाठशाला’ बुक हिल, ‘भुइयाँ’ फाइन प्रिन्ट, ‘यार’ फाइन प्रिन्ट, ‘योगमाया’ साङ्गीला, ‘लिम्बुनी गाउँ’ शिखा बुक्स, ‘हिमाल दर्शन’ साझा प्रकाशनबाट प्रकाशन भएका हुन् । 

मदन पुरस्कार विजेता पुस्तकका लेखकले अक्षेरुपी २ लाख रुपियाँ पाउने व्यवस्था रहेको छ । 

मदन पुरस्कार गुठीले प्रकाशन गरेको प्रेस विज्ञप्ति

 

प्रतिकृया दिनुहोस्