Paschim News

माेहनप्रसाद मैनाली प्रकाशित : २०७५/९/२४ गते

‘सृजना हाम्रो हरपल नौलो’ भन्ने मुल नाराका साथ ‘पश्चिमी साहित्यिक आवाज’ ले विभिन्न सर्जकहरूकाे मुक्तक संग्रह ‘खुड्किलाे २०७४’ प्रकाशन गर्ने भएकाे छ ।

‘खुड्किलाे २०७४’ काे प्रकाशन, दाेस्राे कृति ‘स्मारिका’ लाेकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम तय गरिएकाे छ ।

२०७५ माघ ५ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा विशेष कार्यक्रमकाे आयाेजना गरी स्मारिका लाेकार्पण तथा स्रष्टा सम्मान गरिने जानकारी संस्थाले दिएकाे छ । 

संसारभर छरिएर रहेका सर्जकहरुलाई फेसबुक मार्फत एकजुट बनाई नेपाली भाषा र साहित्यको लागि स्थापित ‘पश्चिमी साहित्यिक आवाज’ को स्मारिकामा संस्थागत लेखका साथै विभिन्न स्थानमा नेपाली भाषा र साहित्यमा कलम चलाइरहनु भएका  १ सय ३० सर्जकका विभिन्न विधाका लेख रचना समेटिएका छन् ।

उक्त कार्यक्रममा समस्त साहित्यकार एवम् साहित्यनुरागीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको संस्थाका अध्यक्ष असन्तुष्ट जलनले न्यूज क्लबलार्इ बताएका छन् ।

चाैतारी मिडिया र जनभेट साप्ताहिक पत्रिकाले मिडिया पार्टनरका रूपमा सहकार्य गर्ने  पनि संस्थाले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्