Paschim News

प्रकाशित : २०७५/४/१७ गते

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेटेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।

 

हीजाे अपराह्न उहाँको लैनचौरस्थित निवासमा भेटेर उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्योपचारको चिन्ता नलिन तथा त्यसमा सरकारको साथ र सहयोग रहनेमा राष्ट्रकविलाई आश्वस्त पार्दै आफ्ना दुई संस्मरणात्मक कृति ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ उपहार दिनुभयो । उहाँले राष्ट्रकविको सुस्वास्थ्य एवं दीर्घायुको कामना पनि गर्नुभयो ।

 

विवेकशील नेता नेतृत्वमा भएपछि चिन्ता छैन,” नेपाली सेनाका मानार्थ सहायकरथी राष्ट्रकविले आफ्नो स्वास्थ्योपचारको व्यवस्था मिलाएकामा आभार प्रकट गर्दै भन्नुभयो ।

 

आन्द्रासम्बन्धी रोगबाट पीडित राष्ट्रकवि नेपाल सरकारको खर्चमा नयाँदिल्लीमा उपचार गराएपछि आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

 

उपप्रधानमन्त्री पोखरेलले वामपन्थी नेता पद्मरत्न तुलाधरलाई उहाँको लाजिम्पाटस्थित निवासमा भेट्नुभयो । खुट्टामा उत्पन्न समस्याका कारण हाल उहाँ हिँडडुल गर्न असमर्थ हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्