Paschim News

आज : २०७८ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/४/१७ गते

मकवानपुर १० कात्तिक ।

जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ । हेटौंडा सानो पोखरा स्थित नापी कार्यालयमा भएको आगलागीबाट १९ जना घाइते भएका छन्।

 

घाइते हुनेमा कार्यालयका कर्मचारी र सेवाग्राही रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेमध्ये १६ जनाको हेटौंडा अस्पताल र ३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

 

हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयहरुले आगोलाई नियन्त्रणमा निभाइ रहेका छन् । आगलागीबाट केही कागजात जलेका छन्।

 

प्रहरीले कार्यालयभित्रका आवश्यक कागजातलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाएको छ। कार्यालयको तल्लो तलामा रहेको पसलको ग्याँस सिलिण्डर पड्किएर आगलागि भएको बुझिएको छ ।

 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्