![](https://newsclubnepal.com/wp-content/uploads/2018/11/suzuki.gif)
![](https://newsclubnepal.com/wp-content/uploads/2018/09/kammal.jpeg)
२०७२ बैशाख १२ को विनाशकारी भूकम्पले ९ हजारभन्दा बढि मानिसको निधन भयो । हजारौँ घाइते भए । भौतिक क्षतिको मूल्यांकन गरिसाध्य छैन ।
लाखौँ मानिस घरबार विहिन भए । कयौं घाइते र अपाङ्ग भए । खानेकुरा तथा लताकपडा भत्किएका घरमा पुरिएर विनाश भयो । मर्ने त मरेर गए । तर, बाँचेकाहरूले कयौं दिन भोकै खुल्ला आकाशमुनी बिताउन बाध्य भए ।
परिवार तथा आफन्त गुमाएको पीडा त थियो नै त्यसमा पनि भोकै खुल्ला आकाश मुनीको बास, प्रकृतिले दिने पीडा स्विकार्नुको कुनै विकल्प पनि त थिएन हामीसँग ।
प्रकृतिले दिएको यस्तो पीडामा थोरै भए पनि मल्हमपट्टी लगाउन न्युजक्लब अफ् नेपालले आफ्ना सदस्यहरू मार्फत् केहि राहत दिने योजना बनायो । यसै योजना अनुरूप सदस्यहरूबाट केहि रकम संकलन गरियो । विदेशी निकायहरूसँग पनि सहयोगका लागि अनुरोध गरियो । विभिन्न बैदेशिक निकायहरूबाट त्रिपाल लगायत लताकपडाहरू सहयोग स्वरूप प्राप्त पनि भयो ।
विगत डेढ दशक देखि ‘न्युजक्लब अफ् नेपाल’का माध्यमबाट शिक्षा, सञ्चार लागायत समाजसेवामा समेत समर्पित रूपमा लागि पर्नु भएका न्युजक्लब अफ् नेपालका अध्यक्ष ध्रुवकुमार मैनालीको अगुवाइ तथा क्लबका सदस्यहरूको सक्रिय सहभागितामा काभ्रेपलाञ्चोक जिल्लाका सात हजार भूकम्प पीडित परिवारहरूलार्इ राहत स्वरूप त्रिपाल,कम्बल,ज्याकेट, लताकपडा लगायत खाद्य सामाग्रीहरू समेत वितरण गरियो ।