Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/६/१६ गते

अरनिकाे राजमार्गकाे काभ्रेकाे साँगा खण्ड अन्तर्गत सडक छेउका घर टहरा सरकारले भत्काउन शुरू गरेकाे छ ।

मुअाब्जा लिएर पनि वर्षाैदेखी सडकछेउ कब्जा गरेर बसेका स्थानीयका घर साेमबारदेखी डाेजर लगाएर भत्काउन शुरू गरेकाे हाे ।

पचास वर्षदेखी बसाेबास गरिरहेका स्थानीयहरूलार्इ दशैंकाे मुखमा अाएर घरबाट निकाल्नु अन्याय भएकाे स्थानीयहरूकाे अाराेप छ ।

स्थानीय र प्रहरीबीच झडपकाबीच सडक फराकिलाे पार्नका लागि सडक मिचेर रहेका घर टहरा भत्काइएकाे सडक डिभिजन कार्यलयकाे भनाइ रहेकाे छ ।

५० वर्षअघि नै मुआब्जा लिइसके पनि साँगा बजारमा सडक छेउका घर हटाइएको थिएन ।

सोमबार ती घरहरु डोजर लगाएर भत्काएपछि २०२१ सालमा निर्माण भएको अरनिको राजमार्ग फराकिलो बनाउन सहज भएको छ ।

घरटहरा भत्काउन लागेपछि स्थानीयले राजमार्ग अवरोध गरेर विरोध जनाएका थिए ।

राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सञ्चालक स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

झडप नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र दुई सेल अश्रुग्यास हानेको थियो ।

प्रतिकृया दिनुहोस्