
काठमाडौं । पर्यटन बोर्डको सीइयोमा तीनजनाको नाम सिफारिस गरिएको छ ।
सीइयो छनोट समितिले रिक्त रहेको सीइयोमा तीनजनाको नाम सिफारिस गरेको हो ।
सीइयोका लागि धनञ्जय रेग्मी, दीपक बास्ताकोटी र हिक्मतसिंह ऐरको नाम बाेर्डमा पठाउने निर्णय भएको स्रोतले बताएको छ ।
सीइयोका लागि परेको कूल १७ आवेदनमध्ये ९ जनाको नाम छनोट भएको थियो जसबाट तीनजनाको नाम सिफारिस गरिएको स्रोतको दाबी छ । सिफारिस भएका तीनजना मध्येबाट बोर्डले एकजनालाई सीइयो छनोट गर्ने व्यवस्था रहेको छ ।
सीइयोको कार्यकाल चार वर्षको हुनेछ । निवर्तमान सीइयो दीपकराज जोशी पनि आवेदन दिने १७ जनाभित्र रहेको स्रोतको भनाइ छ ।