Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/७/२५ गते

नेपालका वरिष्ठ छाला तथा यौन रोग विषेशज्ञ डा. जी राज शाक्यले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई अक्षय कोष  स्थापना सहयोगार्थ रु १ लाख ५ हजार ५ सय ७७ रुपैया सहयोग गर्नुभएको छ ।

डा. शाक्य नेपालमा काशी हिन्दु विश्वविद्यालय (BHU) भारतबाट सन १९८३ जनवरीमा छाला तथा यौन रोग विषयमा डाक्टर अफ मेडिसिन (MD)को उपाधी प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ ।

त्यस्तै डा. शाक्य पारिजात चिकित्सालय, एन सार्क-तन्विप्रिया फाउण्डेसनका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

सहयोग रकम हस्तान्तरण गर्दै डा. शाक्यले यो अक्षय कोषमा विभिन्न दाता, स्थानीय तथा सरकारी सहयोग निरन्तर बृद्धी हुँदै गएमा दृष्टिविहिनहरुमा दिर्घकालीन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सहयोग रकम शाक्य पुचः नेपालगंजका उपाध्यक्ष मोतीकाजी शाक्य तथा महासचिव गोपीचन्द्र शाक्यको उपस्थितीमा दृष्टिविहिन हेरविचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यलाई हस्तारण गरिएको हो । 

प्रतिकृया दिनुहोस्