Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/१३ गते

काठमाडौं । विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरसले हालसम्म २८ लाख २६ हजार ८ सय २६ लाई संक्रमित बनाएकाे छ । विश्व स्वास्थ्य संगठनकाे पछिल्लाे अपडेट अनुसार संक्रमणबाट १ लाख ९६ हजार  ९ सय ८१ जनाकाे ज्यान गएकाे छ ।

पछिल्ललाे २४ घण्टामा मात्र काेराेना संक्रमणका कारण ६ हजार ६४ जनाकाे ज्यान गएकाे छ । त्यस्तै, १ लाख ३ हजार ६ सय ७८ जनामा संक्रमण भएकाे छ ।

हालसम्मकाे तत्थ्यांक अनुसार एकैदिन यति धेरै संक्रमित भएकाे याे पहिलाे पटक हाे । काेराेना संक्रमणका कारण अस्पताल भर्ना भएका  ७ लाख ८३ हजार ४ सय १८ जना उपचारपछि घर फर्किएका छन् ।

सयुंक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट ५२ हजार ५७ जनाको ज्यान गएको छ भने १ लाख १० हजार ४ सय जना पूर्ण ठिक भई घर फर्किएका छन् । विगत २४ घण्टामा अमेरिकामा १ हजार ८३ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको समाचारमा जनाइएको छ । त्यस्तै हालसम्म संक्रिमतकाे संख्या ९ लाख २३ हजार ९ सय १२ जना रहेका छन् ।

इटलीमा २५ हजार ९ सय ६९ जनाकाे ज्यान गएकाे छ भने २ हजार १ सय १७ जनाकाे गम्भीर अवस्थामा उपचार भइरहेकाे छ । १ लाख ९२ हजार ९ सय १७ जनामा हालसम्म संक्रमण देखा परेका इटलीमा विगत २४ घण्टामा ४ सय २० जनाकाे ज्यान गएकाे छ ।

नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भेटिएका छन् । त्यसमध्ये १० जना निकाे भइ घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्