Paschim News

प्रकाशित : २०७६/७/२३ गते

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सीमा विवादका विषयमा दुवै देशको प्रधानमन्त्री स्तरीय वार्ता हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीले सीमा विवादबारे राष्ट्रिय धारणा बनाउन डाक्नु भएको बैठकमा सहभागिता जनाएर फर्कने क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पहिले परराष्ट्रमन्त्री स्तरमा वार्ता भएको र यसले समाधान गर्न नसक्ने देखिएकाले प्रधानमन्त्रीस्तरीय छलफल हुन जरुरी देखिएको बताउनुभएको हो ।

त्यसैगरी पूर्वपरराष्ट्रमन्त्री कमल थापाले कालापानी नेपालकै भूमि भएकाले भारतको एकलौटी निर्णय मान्य नहुने बताउनुभएको छ ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु वामदेव गौतम, सुवास नेम्वाङ, मन्त्रीहरु तथा परराष्ट्रविद, सीमाविद र प्रमुख दलका नेताहरु सहभागी छन् ।

भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक बालुवाटारमा जारी छ ।

सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको नयाँ नक्साबारे राष्ट्रिय राष्ट्रय धारणा बनाउन माग गरेपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक डाक्नुभएको हो ।

प्रतिकृया दिनुहोस्