Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/१२ गते

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले प्रदेश २ मा सरकार परिवर्तनकाे हल्ला निराधार भएका बताउनुभएकाे छ ।

प्रदेश २ सरकार परिवर्तन हुने हल्ला चलिरहँदा जनतासमाचार डट्कमसँग प्रतिक्रिया दिँदै नेता महतोले भन्नुभयो, ‘कुनैपनि सरकार सदाका लागि हुँदैन तर अहिलेसम्म यस विषयमा कुनै योजना बनेको छैन ।’

समाजवादी पार्टीसँगको एकता प्रक्रिया अहिले पनि जिवितै रहेको र त्यो पुनः छलफलमा जान सकिने महतोको भनाइ छ । राजपा र नेकपाको गठबन्धनको विषयमा उहाँले राष्ट्रियसभा निर्वाचनका लागि गठनबन्धन बनेको बताउँदै दुई बुँदे सहमतिमा समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहने सहमति जारी रहने बताउनुभयो ।

प्रदेश २ मा मिलेर सरकार बनाएका राजपा र समाजवादीले राष्ट्रियसभाका निर्वाचनका लागि अलगअलग गठबन्धन बनाएपछि दुवै पार्टीको सम्बन्ध चिसिएको छ । दुवै पार्टीले सार्वजनिक कार्यक्रममै एक अर्का विरुद्ध विरोध गरिरहँदा फागुन महिनामा प्रदेश २ को सरकार नै परिवर्तन हुने र नेकपा राजपाको सरकार बन्ने हल्ला प्रदेश २ मा व्याप्त रहेको छ ।

यस हल्लाको विषयमा दुवै पार्टीका नेताहरुले केही बाेल्न चाहेका छैनन् ।

प्रतिकृया दिनुहोस्