Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/२० गते

काठमाडौं । मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै नेपाली सेनाले पनि समावेशीकरण र समान अधिकारको सिद्धान्तलाई आत्मासाथ गरेको छ । नेपाली सेनाको इतिहासमै पहिलो पटक महिलामात्र रहेको गोरखकाली गुल्म स्थापना गरेर नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मासाथ गरेको छ ।

नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मासाथ गर्दै २०६० बाट महिलालाई प्राविधिकको रुपमा भर्ना शुरु गरेको थियो । महिलालाई प्राविधिकको रुपमा भर्ना शुरु गरेको नेपाली सेनाले पहिलो पटक १४ वर्षपछि विधिवत् रुपमा महिलालाई मात्र समेटेर गोरखकाली गुल्म स्थापना गरेको छ । मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै नेपाली सेनाले पनि समावेशीकरणको सिद्धान्तलाई आत्मासाथ गरेको गुल्मपति सुमित्रा खत्रीको भनाइ छ ।

२०७४ साउन १ गतेबाट स्थापना भएको महिलामात्र रहेको गोरखकाली गुल्ममा हाल एक सय ८२ जना जवान (नफ्रि) रहेका छन् । २०६० मा नेपाली सेना प्रवेश गरी अन्य सैनिक सरह तालिम र कार्यका साथै शान्ति सेनामा समेत आफ्नो जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरी हाल महिला गुल्ममा प्रमुखको भूमिका निर्वाह गर्दा धेरै कुरा सिक्न पाएको गुल्मपति खत्रिको भनाइ छ ।

अन्य सैनिक, गुल्म, र पृतनाले जस्तै विशिष्ट व्यक्तिको सुरक्षादेखि यस गुल्मले सबै काम महिलाबाटै गर्ने, गराउने गरेको र अन्य गुल्म, गण र पृतनाभन्दा कत्तिपनि कमी नभएको सिपाही रोशनी चौलगाईँको भनाइ छ ।

नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको बदलिदो परिवेशलाई आत्मासाथ गर्दै महिला मात्रको गोरखकाली गुल्म स्थापना गरेर इतिहास रत्न सफल भएको छ । तर, आगामी दिनमा नेपली सेनाले यस गोरखकाली गुल्मलाई गण र पृतनामा विकास गर्छ या गर्दैन भविष्यमा देखिने नै छ ।

प्रतिकृया दिनुहोस्