Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/८/७ गते

मिस वर्ल्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी चीनको सान्या शहरमा भिडन्तमा छन् । 

सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन् । 

प्रतिस्पर्धा अर्न्तर्गत विभिन्न फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि रहेकी छिन् ।

मिस वर्ल्ड आयोजनकको वेब साईटका अनुसार हालसम्मको अत्याधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा नै रहेकी छिन् ।

उनले हालसम्म जम्मा भएको भोटिङमध्ये ३० प्रतिशत बढी भोट विश्वभरबाट पाईसकेकी छिन् ।

दोस्रोमा ९ प्रतिशत फ्रान्स, तेस्रोमा युगाण्डा ७ प्रतिशत, चौथोमा रसिया ५ प्रतिशत र पाँचौ स्थानमा टर्की, तान्जानिया, बंगलादेश ५ प्रतिशत भोटका साथ अघि बढिरहेका छन् ।

प्रतिकृया दिनुहोस्