Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/३/१२ गते

काठमाडौं । उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपतिको भवन, ग्रीन हाउस लैनचौरमा सरेको छ ।

उपराष्ट्रपतिको कार्यालय बुधवारबाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनचौरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो ।

मन्त्री परिषद्ले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा कार्यालय बनाउने निर्णय गरेको थियो ।

कार्यालय क्षेत्र हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ्ग लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको कार्यालयले जानकारी दिएको छ ।

उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा  रहेको थियो ।

‘ग्रीन हाउस’ भवन तयार भएसँगै उपराष्ट्रपतिको निवास र कार्यालय एकै भवनमा सम्भव भएको छ ।

प्रतिकृया दिनुहोस्