Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/६/१८ गते

काठमाडौं । नेपाल प्रहरीले बडा दशैंमा निः शुल्क बस सेवा संचालन गर्ने भएको छ । दशैंमा यातायात न्यून हुने हुनाले आगमन सहज बनाउन प्रहरी प्रधान कार्यालयले बस संचालन गर्न लागेको हो ।

निः शुल्क बस सेवा आइतबार (महाअष्टमी) देखि विजयादशमीसम्म दुई रुटमा बिहान ११ देखि बेलुकी ४ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसको एउटा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक हुनेछ । यस्तै अर्को रुट मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार हुनेछ ।

प्रतिकृया दिनुहोस्