Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/१३ गते

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमाथि भएको भेदभावपूर्ण व्यवहारको विरुद्धमा विद्यार्थी आक्रोशित भएका छन् । 

 

शुक्रबारबाट स्नातकोत्तर दोस्रो सेमेस्टरको परीक्षा सुरु भएको छ । उक्त परीक्षामा त्रिभुवन विश्वविद्यालयका विद्यार्थी र आंगिक क्याम्पसका विद्यार्थी बिचमा भेदभावपूर्ण व्यवहार गरेको भन्दै आंगिक क्याम्पसका विद्यार्थीहरु आक्रोशित भएका हुन् । 

 

असहज रुपमा परीक्षा लेख्नुपर्ने भएको भन्दै टियु आंगिक क्याम्पसका विद्यार्थीले असन्तुष्टि जनाएपछि विद्यार्थी र शिक्षकबिच झन्डै हातहालाहालको अवस्था सिर्जना भएको थियो । 

 

टियुका विद्यार्थीलाई मात्र ब्रेन्च उपलब्ध गराएर आंगिक क्याम्पसका विद्यार्थीलाई कुर्सीमा बसेरै परीक्षा दिनुपर्ने बाध्यकारी व्यवस्था गरिएकोप्रति विद्यार्थी आक्रोशित भएका हुन । 

 

परीक्षार्थीले आउने दिनमा परीक्षा दिनको लागि सहज वातावरण बनाइनुपर्ने माग राखेपनि शिक्षकहरुले टियुसँग जस्तो फर्निचर छ त्यस्तैमा परीक्षा लिने बताएपछि उक्त गैरजिम्मेवारी जवाफप्रति विद्यार्थी आक्रोशित भएका हुन् ।

 

उक्त कार्य गर्ने प्राध्यापक खगेन्द्र लुइटेल, उपप्राध्यापक दिपक ढकाल र पद्मकन्या क्याक्पस, आर आर क्याम्पस, पशुपति क्याम्पसलगायतका नेपाली विषयका दोस्रो सेमेस्टरका परीक्षार्थी बिच भनाभन हुँदा झन्डै हातहालाहालको अवस्था आएको थियो । 

 

टियुसँग फर्निचर प्रयाप्त नभएकोले सबैलाई समान व्यवहार गर्न नसकिएको भन्दै शिक्षकहरु पन्छिएका छन् । 

 

उक्त परीक्षाका निरीक्षक शिक्षकले भने, ‘देशको अवस्था यस्तो छ ! हामी जस्तो व्यवस्थापन गर्न सक्छौँ त्यस्तै गछौँ ।’ 

 

उक्त जवाफ गैरजिम्मेवार भएको भन्दै एक विद्यार्थीले भने, ‘यदि टियुसँग ब्रेन्च छैन भने आंगिक कलेजमा किन परीक्षा केन्द्र तोक्दैन त ? यहाँका विद्यार्थीले आफ्नै कक्षाकोठामा नै परीक्षा दिनुपर्ने यो कस्तो एकलौटी व्यवहार हो ?’

 

सेमेस्टरको जिम्मेवारी पाएका सहायक डिन शरदचन्द्र ठाकुरसँग टेलिफोनबाट बार्ता गर्दा बल्खुको परीक्षा चलिरहेकोले अन्यत्र सेन्टर राख्न नसकिएको र कपि जाँच्ने, प्रश्न बनाउने विषयमा कुरा गर्दा सबै प्राध्यापकसँग बाँडेर दिएको जवाफ दिएका थिए । तर, आंगिक क्याम्पसका प्राध्यापकसँग कुरा गर्दा कुनै पनि प्राध्यापकले एम तहको परीक्षा उत्तर पुस्तिका जाँच्ने र प्रश्नपत्र निर्माणमा टियुले सहभागी नगराइ टियुका कर्मचारीले एकलौटी रुपमा कार्य सम्पादन गर्दै आएको बताएका छन् । 

 

यस्तो एकतन्त्री रुपमा व्यवहार गर्दै आएकोप्रति त्रिभुवन आंगिक क्याम्पसका विद्यार्थीले विरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्