Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/१६ गते

नारायण थापा
भक्तपुर ।  मंसिर १४ गते हुने उपनिर्वाचनमा  प्रदेशसभा सदस्य उमेदवार लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुरले ६ जनाको सिफारिस गरेको छ ।

नेकपाले तीन जनालाई सिफारिस गर्न नसकेपछि ६ जनाको नाम केन्द्रमा पठाएको हो । प्रदेशसभा उमेदवारको लागि नेकपाबाट देवीप्रसाद ढकाल डीपी, मोहनवीर श्रेष्ठ, रमेश बुढाथोकी, शम्भु दाहाल, दामोदर दंगाल र रामबहादुर श्रेष्ठ प्रस्तावित हुनुभएकाे छ ।

भक्तपुरको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेशसभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । लामिछाने १२ हजार ७ सय ७९ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्