न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१२ गते
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १९ हजार नजिक पुगेको छ। मंगलबारमात्रै २ हजार २ सय ९४ जनाको मृत्यु भएको छ ।
विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुगेको छ। विश्वभर ४२ हजार ४ सय ५८ जना नयाँ संक्रमित देखिएका छन्।
कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा इटालीमा मात्रै ७ सय ४३ जनाले ज्यान गुमाएका छन्। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। यसैगरी अमेरिकामा थप १ सय ४३ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ६ सय ९६ पुगेको छ।
स्पेनमा कोरोना भाइरसका कारण थप ६ सय ८० जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ।