Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/११ गते

काठमाडौं । विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरस संक्रमणका कारण विगत २४ घण्टामा ६ हजार ५ सय ६२ जनाको ज्यान गएको छ । त्यस्तै, ७८ हजार ७ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको आँकडा अनुसार हालसम्मा २६ लाख ३४ हजार ५ सय २९ जनामा संक्रमण भएको छ ।

१ लाख ८४ हजार २१ जनाको ज्यान गइसकेको कोरोना संक्रमणबाट ७ लाख १७ हजार २ सय ८७ जना स्वस्थ भई घर फर्किएका छन् । नेपालमा अहिलेसम्म ४५ जना संक्रमित भेटिएका छन् । त्यसमध्ये ७ जना निकाे भइ घर फर्किएका छन् ।

सयुंक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट ४७ हजार ६ सय ६७ जनाको ज्यान गएको छ भने ८४ हजार ४८ जना पूर्ण ठिक भई घर फर्किएका छन् । विगत २४ घण्टामा अमेरिकामा २ हजार ३ सय ४१ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको समाचारमा जनाइएको छ । त्यस्तै हालसम्म संक्रिमतकाे संख्या ८ लाख ४८ हजार ८ सय १७ जना रहेका छन् ।

इटलीमा २५ हजार १७ जनाकाे ज्यान गएकाे छ भने २ हजार ३ सय ८४ जनाकाे गम्भीर अवस्थामा उपचार भइरहेकाे छ । १ लाख ८७ हजार ३ सय २७ जनामा हालसम्म संक्रमण देखा परेका इटलीमा विगत २५ घण्टामा ४ सय ३७ जनाकाे ज्यान गएकाे छ ।

प्रतिकृया दिनुहोस्