Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/१२ गते

काठमाडौं । विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरस संक्रमणका कारण विगत २४ घण्टामा ६ हजार ३ सय ३१ जनाको ज्यान गएको छ । त्यस्तै, ८३ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको आँकडा अनुसार हालसम्मा २७ लाख १४ हजार ९ सय ९५ जनामा संक्रमण भएको छ ।

१ लाख ९० हजार ३ सय ९७ जनाको ज्यान गइसकेको कोरोना संक्रमणबाट ७ लाख ४४ हजार ९ सय ७१ जना स्वस्थ भई घर फर्किएका छन् ।

सयुंक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट ४९ हजार ७ सय ६९ जनाको ज्यान गएको छ भने ८५ हजार ६ सय २४ जना पूर्ण ठिक भई घर फर्किएका छन् । विगत २४ घण्टामा अमेरिकामा २ हजार १ सय १० जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको समाचारमा जनाइएको छ । त्यस्तै हालसम्म संक्रिमतकाे संख्या ८ लाख ७९ हजार ४ सय ३० जना रहेका छन् ।

इटलीमा २५ हजार ५ सय ४९ जनाकाे ज्यान गएकाे छ भने २ हजार २ सय ६७ जनाकाे गम्भीर अवस्थामा उपचार भइरहेकाे छ । १ लाख ८९ हजार ९ सय ७३ जनामा हालसम्म संक्रमण देखा परेका इटलीमा विगत २५ घण्टामा ४ सय ६४ जनाकाे ज्यान गएकाे छ ।

नेपालमा अहिलेसम्म ४८ जना संक्रमित भेटिएका छन् । त्यसमध्ये ९ जना निकाे भइ घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्