Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/४/१८ गते

उपत्यकाको एक मात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएका कारण उपत्यकाको फोहोर केही दिन अझै नउठ्ने भएको छ । नेपाल समाचारपत्रमा छापिएकाे समाचारअनुसार वर्षाद्का कारण दुई सातादेखि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन ।उपत्यकाको सडक गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ ।

 

अधिकांश वटुवा नाक थुनेर हिँड्न बाध्य भएका छन् । फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेको छ ।

 

सिसडोल प्रवेश गर्ने बाटो बिग्रिएको कारण फोहोर व्यवस्थापन गर्न नसकिएको कामपा वातावरण विभागले जनाएको छ । फाेहोर उठिरहेको दाबी गरे तापनि दुई हप्ता यता दैनिक ५ ट्रकभन्दा बढी फोहोर व्यवस्थापन हुन सकेको छैन । कामपाले घरमै फोहोर व्यवस्थापन गर्न राजधानीवासीलाई अपिल गरेको छ । चिकित्सकहरुले अहिलेको अवस्था केहीदिन रहे राजधानीमा हैजा फैलन सक्ने चेतावनी दिएका छन ।

 

अहिले उपत्यकाका १८ स्थानीयसहित बनेपा नगरपालिका र ककनी गाउँपालिका गरी २० स्थानीय निकायको फोहोर सिसडोलमै व्यवस्थापन हुने गरेको छ । सिसडोल ल्यान्डफिल साइटमा काठमाडौ र ललितपुर महानगरपालिका, चन्द्रागिरी, दक्षिणकाली, नगरकोट, सूर्यविनायक, बूढानीलकण्ठ, कीर्तिपुर, शंकरापुर, नागार्जुन, कागेश्वरी मनहरा, गोकर्णेश्वर, तारकेश्वर, चाँगुनारायण, मध्यपुर थिमी, महालक्ष्मी, टोखा, गोदावरी नगरपालिकाको फोहोर व्यवथापन हुने गरेको छ । 

प्रतिकृया दिनुहोस्